मुख्य समाचार
करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त
करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त

: रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ। दशकौंदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाले यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।

लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच,बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ।


स्थानीय स्ववासीले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न लागेकोमा खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधिसभाका सांसद पारसमणि गेलालले मल र ग्यासका लागि नागरिकहरु लाइनमा बसिरहेको भिडियो आइरहेको बताउँदै यसबारे सम्बन्धित मन्त्रालयले स्पष्ट बताइ दिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद गेलालले बेलका, त्रिुयुगा र चौदन्डीगढी नगरपालिकामा मल लिनका लागि हजारौं नागरिकहरु लाइनमा बसेको विभिन्न सञ्चारमाध्यमहरुबाट आफूलाई ट्याग गरेर भिडियोहरु आइरहेको पनि उनले बताए । सांसद गेलालले ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खत्रीविरुद्ध घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइ दिन ...
: कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले जानकारी दिए। भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागी सह-सहितको भावी कार्यदिशा तय गर्ने उनले बताए। देउवा ...
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने÷नहुने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद साम्पाङले विगतको अभ्यास र परम्पराले पनि त्यहि देखाएको बताउँदै सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको बताए । उनले यस्तो इतिहास ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले पुराना दलहरुले ३५ वर्षमा नगरेका कामहरु गर्न वर्तमान सरकारलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले भनिन्, ‘३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस् ।’ ३५ वर्षको भागेदार सबै हुनुपर्छ भन्ने नभएको बताउँदै उनले ३५ वर्ष केहि ...