मुख्य समाचार
राष्ट्रिय प्राथमिकता आयोजना ‘बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना’ को कार्यालय खारेज
राष्ट्रिय प्राथमिकता आयोजना ‘बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना’ को कार्यालय खारेज

: राष्ट्रिय प्राथमिकता आयोजना ‘बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना’ को कार्यालय खारेज भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना खारेजीसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन आयोजना प्रमुख एवं उपसचिव देवीप्रसाद सुवेदीलाई जिम्मेवार अधिकारी तोकेको हो ।

मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवद्र्धन शाखाबाट २०८३ साउन १५ गते जारी पत्रअनुसार नेपाल सरकार अन्तर्गत रहेका अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा अनावश्यक वित्तीय भार सिर्जना गर्ने बोर्ड, समिति, आयोजना तथा संस्थागत संरचनाको मूल्याङ्कन गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनका आधारमा बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास निर्माण आयोजना खारेजी प्रक्रियामा लगिएको उल्लेख गरिएको छ ।

पत्रमा आयोजनाको सम्पत्ति, दायित्व, अचल सम्पत्ति तथा मेशिन, औजार व्यवस्थापनको विस्तृत योजना तयार गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ । सो कार्य सम्पन्न गराउन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार आयोजना प्रमुख सुवेदीलाई जिम्मेवार अधिकारी तोकिएको जनाइएको छ । शाखा अधिकृत जयप्रकाश बस्नेतद्वारा हस्ताक्षरित उक्त पत्रले बर्दिबास मेडिकल कलेज परियोजनाको प्रशासनिक संरचना खारेजीतर्फ अघि बढेको संकेत गरेको छ ।

यस निर्णयसँगै लामो समयदेखि निर्माण र सञ्चालनको प्रतीक्षामा रहेको बर्दिबास मेडिकल कलेजको भविष्यबारे स्थानीय तह, सरोकारवाला र सर्वसाधारणबीच थप चासो र बहस सुरु भएको छ । शुक्रबार बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले सर्वदलीय बैठक बसेर शिक्षा मन्त्रालयमा डेलिगेशन जान निर्णय गरेको छ । कार्यालय पहिलेकै अवस्थामा राख्नु पर्ने, क्लेजको पुर्वाधार निर्माणका लागि बजेट दिनुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधिसभाका सांसद पारसमणि गेलालले मल र ग्यासका लागि नागरिकहरु लाइनमा बसिरहेको भिडियो आइरहेको बताउँदै यसबारे सम्बन्धित मन्त्रालयले स्पष्ट बताइ दिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद गेलालले बेलका, त्रिुयुगा र चौदन्डीगढी नगरपालिकामा मल लिनका लागि हजारौं नागरिकहरु लाइनमा बसेको विभिन्न सञ्चारमाध्यमहरुबाट आफूलाई ट्याग गरेर भिडियोहरु आइरहेको पनि उनले बताए । सांसद गेलालले ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खत्रीविरुद्ध घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइ दिन ...
: कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले जानकारी दिए। भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागी सह-सहितको भावी कार्यदिशा तय गर्ने उनले बताए। देउवा ...
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने÷नहुने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद साम्पाङले विगतको अभ्यास र परम्पराले पनि त्यहि देखाएको बताउँदै सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको बताए । उनले यस्तो इतिहास ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले पुराना दलहरुले ३५ वर्षमा नगरेका कामहरु गर्न वर्तमान सरकारलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले भनिन्, ‘३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस् ।’ ३५ वर्षको भागेदार सबै हुनुपर्छ भन्ने नभएको बताउँदै उनले ३५ वर्ष केहि ...