मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा
वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा

: वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगार ऐन २०६४ लाई समय सापेक्ष संशोधन लगायतका १५ बुँदे माग अघि सार्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको हो।

श्रमिकको पारदर्शी लागत तथा व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारण गरिनुपर्ने, श्रमिकको सेवा शुल्क १० हजार पर्याप्त नभएकाले अन्तर्राष्ट्रिय प्रचलन, प्रतिस्पर्धी मुलुकहरू र नेपालकै आन्तरिक रोजगारी व्यवस्था अनुसार श्रमिकले पाउने १ महिनाको तलब बराबरको सेवा शुल्क तोकिनुपर्ने संघका अध्यक्ष डिक बहादुर खत्रीले बताए।

त्यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले बुझाउँदै आएको १३ प्रतिशत भ्याट राज्यले छुट दिनुपर्ने, नेपालको जनसङ्ख्यालाई आधार मानेर हाललाई नयाँ म्यानपावर इजाजत पत्र दिन बन्द गर्ने र प्रत्येक ५ वर्षमा उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत दिने व्यवस्था गर्नुपर्ने आफूहरूको माग रहेको उनले जानकारी दिए।

आफूहरूको मागहरू सम्बोधन र नीतिगत सुधारका लागि दबाब दिन वर्तमान समयलाई ’शून्य समय’ मानेर वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गर्ने र सुधारपश्चात् मात्र पुनः व्यवसायमा फर्कने प्रतिबद्धता संघले गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र विद्यालय शिक्षासम्बन्धी विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद्को बैठकले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न, शिक्षामा लगानी बढाउन, शिक्षक-कर्मचारीका सेवा-सुविधा र पेशागत अधिकार सुनिश्चित गर्न तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन ...
: प्रतिनिधिसभाका सांसद पारसमणि गेलालले मल र ग्यासका लागि नागरिकहरु लाइनमा बसिरहेको भिडियो आइरहेको बताउँदै यसबारे सम्बन्धित मन्त्रालयले स्पष्ट बताइ दिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद गेलालले बेलका, त्रिुयुगा र चौदन्डीगढी नगरपालिकामा मल लिनका लागि हजारौं नागरिकहरु लाइनमा बसेको विभिन्न सञ्चारमाध्यमहरुबाट आफूलाई ट्याग गरेर भिडियोहरु आइरहेको पनि उनले बताए । सांसद गेलालले ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खत्रीविरुद्ध घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइ दिन ...
: कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले जानकारी दिए। भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागी सह-सहितको भावी कार्यदिशा तय गर्ने उनले बताए। देउवा ...
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने÷नहुने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद साम्पाङले विगतको अभ्यास र परम्पराले पनि त्यहि देखाएको बताउँदै सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको बताए । उनले यस्तो इतिहास ...