मुख्य समाचार
नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपतिमा कुमार नगरकोटी नियुक्त
नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपतिमा कुमार नगरकोटी नियुक्त

: नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपतिमा कुमार नगरकोटी नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले साउन २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा नगरकोटीलाई कूलपतिमा नियुक्त गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू नियुक्त गरिएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानको उपकूलपतिमा पर्वतका अविनाश श्रेष्ठ र सदस्य-सचिवमा रुपन्देहीका रोशन शेरचन नियुक्त भएका छन्। परिषद् सदस्यमा काठमाडौंकी प्रतिसरा मानन्धर, दाङका कृष्णराज चौधरी, तेह्रथुमकी सीता सुब्बा, कास्कीका तीर्थबहादुर गुरुङ, सिराहाकी रूपा कुमारी, दाङका नवीन नेपाली, काभ्रेका दीपक सापकोटा र सुर्खेतका दुर्गा बहादुर घर्ती नियुक्त भएका छन्।

त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कूलपतिमा एरिना ताम्राकार नियुक्त भएकी छन्। उपकूलपतिमा ललितपुरका चन्द्रश्याम डंगोल र सदस्य-सचिवमा दोलखाका कैलाशकुमार श्रेष्ठ नियुक्त भएका छन्।

त्यस्तै परिषद् सदस्यमा काठमाडौंका जुपिटर प्रधान, झापाका कुबीर देवान, ललितपुरकी सङ्गी श्रेष्ठ, बाँकेका धुवराज शर्मा, सिराहाका ओमप्रकाश यादव र ललितपुरकी बिना पौड्याल नियुक्त भएका छन्।

त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल नियुक्त भएका छन्। प्रतिष्ठानको उपकुलपतिमा झुमा वनेम, सदस्य सचिवमा भुपेन्द्र सिंह रायमाझी र परिषद् सदस्यमा छेन्देको हाङ राई, जितबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधिसभाका सांसद पारसमणि गेलालले मल र ग्यासका लागि नागरिकहरु लाइनमा बसिरहेको भिडियो आइरहेको बताउँदै यसबारे सम्बन्धित मन्त्रालयले स्पष्ट बताइ दिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद गेलालले बेलका, त्रिुयुगा र चौदन्डीगढी नगरपालिकामा मल लिनका लागि हजारौं नागरिकहरु लाइनमा बसेको विभिन्न सञ्चारमाध्यमहरुबाट आफूलाई ट्याग गरेर भिडियोहरु आइरहेको पनि उनले बताए । सांसद गेलालले ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले खत्रीविरुद्ध घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइ दिन ...
: कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले जानकारी दिए। भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागी सह-सहितको भावी कार्यदिशा तय गर्ने उनले बताए। देउवा ...
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने÷नहुने कुरा प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद साम्पाङले विगतको अभ्यास र परम्पराले पनि त्यहि देखाएको बताउँदै सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको बताए । उनले यस्तो इतिहास ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले पुराना दलहरुले ३५ वर्षमा नगरेका कामहरु गर्न वर्तमान सरकारलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले भनिन्, ‘३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस् ।’ ३५ वर्षको भागेदार सबै हुनुपर्छ भन्ने नभएको बताउँदै उनले ३५ वर्ष केहि ...