मुख्य समाचार
४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ
४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ

: मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलमा ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५९ वर्षीय जान मोहमद मन्सुरी रहेका छन्। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झाको नेतृत्वमा खटिएको टोलीले बुधबार उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार साउन ८ गते साँझ जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुन घरबाट हराएकी थिइन्।

परिवार र स्थानीयले खोजी गर्ने क्रममा घरदेखि करिब २ सय मिटर पूर्व रहेको घन्सीबारीमा उनको शव फेला परेको थियो। निधार र कन्चटमा गहिरो चोट रहेको अवस्थामा भेटिएको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानमा मन्सुरीले आफ्नै बारीमा रहेको अम्बा खान आएको भन्दै बालिकामाथि इँटाले प्रहार गरेको खुलेको छ। घटनापछि शव घन्सीबारीमा फालिएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाको घर र आरोपितको घरबीच करिब २ सय मिटरको दूरी रहेको छ। घटनास्थलको अवस्थिति, संकलित परिस्थितिजन्य प्रमाण तथा अनुसन्धानका क्रममा प्राप्त विवरणका आधारमा मन्सुरीमाथि शंका केन्द्रित भएको र उनले घटनामा संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका मन्सुरीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बिहीबार जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ। घटनाका बारेमा अन्य तथ्यहरू अनुसन्धानबाट क्रमशः खुल्ने एसपी कटवालले बताए। बालिकाको शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो। प्रारम्भदेखि नै विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको प्रहरीले अन्ततः घटनामा संलग्न रहेको आरोपमा छिमेकीलाई पक्राउ गर्न सफल भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका हुन् । नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ भएसँगै कन्सुलर प्रमाणीकरण सेवा थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने मन्त्री खनालले बताए । कन्सुलर सेवा विभागले विकास गरेको नयाँ प्रणालीमार्फत ...
: सिन्धुपाल्चोकमा उद्यमशीलता विस्तार हुने क्रम निरन्तर बढिरहेको देखिएको छ। पछिल्लो आर्थिक वर्ष २०८२/०८३ मा मात्रै जिल्लामा ६७ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका अनुसार कृषि, पर्यटन, उत्पादन, तथा सेवामूलक क्षेत्रका उद्योग थपिँदा जिल्लामा साना तथा घरेलु उद्योगको संख्या उल्लेखनीय रूपमा बढेको हो। नयाँ दर्ता भएका उद्योगहरुमा सेवामूलक २९, ...
: १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । आयोजना प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले बुधबार सुरुङको ब्लास्टिङ गर्दै कार्यको शुभारम्भ गरेको हो । कम्पनीका संस्थापक सञ्चालक भानेन्द्रकुमार लिम्बूका अनुसार सुरुङ ब्लास्टिङसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ । निर्माण कार्यतालिका अनुसार सुरुङ निर्माणलाई आयोजनाको सबैभन्दा महत्वपूर्ण चरणमध्ये एक ...
: कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई ...
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको निःशुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर ...