मुख्य समाचार
सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग
सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग

: सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग गरेका छन्। सिंहदरबारमा बिहीबार बसेको संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनीहरूले नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको भन्दै यसबारे सरकारसंग छलफल गर्न माग गरेका हुन्।

बैठकमा रास्वपा सांसद रमेश प्रसाईले सरकारले पुराना नियुक्तिहरू खारेज गरी गरेका नयाँ राजनीतिक नियुक्तिहरूमा समावेशिताको अभाव देखिएको बताए। उनले संविधान वा सिद्धान्तमा भन्दा पनि राज्यको व्यवहारबाट जनताले समावेशिता महसुस गर्नुपर्ने बताए। राज्यका निकायमा मधेशी, दलित, थारू र अन्य पछाडि पारिएका तथा वञ्चित वर्गको प्रतिनिधित्व असाध्यै निराशाजनक रहेको उनको भनाइ छ।

त्यस्तै एमाले सांसद प्राडा पुष्‍पराज कंडेलले सामाजिक सञ्जालको असर, विगतका सन्धि-सम्झौता, निजी क्षेत्र, सहकारी र क्षेत्रीय विकास तथा स्रोत वितरणजस्ता विषयमा छलफल गर्नुपर्ने बताए। त्यस्तै कांग्रेस सांसद गीता गुरुङले नयाँ नियुक्तिहरूप्रति जताततैबाट असन्तुष्टि र उजुरीहरू आइरहेकाले समितिमार्फत सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए।

सांसद गुरुङले भदौ २३ र २४ को घटना वा सुनसरी तथा मधेस प्रदेशमा फैलिएका घटनाहरूमा सुरक्षा संयन्त्र गम्भीररूपमा चुकेको देखिएको उल्लेख गरे। बैठकले सुनसरी घटनाको वास्तविकता बुझ्न सांसद सुरेन्द्र चौधरीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका हुन् । नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ भएसँगै कन्सुलर प्रमाणीकरण सेवा थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने मन्त्री खनालले बताए । कन्सुलर सेवा विभागले विकास गरेको नयाँ प्रणालीमार्फत ...
: सिन्धुपाल्चोकमा उद्यमशीलता विस्तार हुने क्रम निरन्तर बढिरहेको देखिएको छ। पछिल्लो आर्थिक वर्ष २०८२/०८३ मा मात्रै जिल्लामा ६७ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका अनुसार कृषि, पर्यटन, उत्पादन, तथा सेवामूलक क्षेत्रका उद्योग थपिँदा जिल्लामा साना तथा घरेलु उद्योगको संख्या उल्लेखनीय रूपमा बढेको हो। नयाँ दर्ता भएका उद्योगहरुमा सेवामूलक २९, ...
: १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । आयोजना प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले बुधबार सुरुङको ब्लास्टिङ गर्दै कार्यको शुभारम्भ गरेको हो । कम्पनीका संस्थापक सञ्चालक भानेन्द्रकुमार लिम्बूका अनुसार सुरुङ ब्लास्टिङसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको छ । निर्माण कार्यतालिका अनुसार सुरुङ निर्माणलाई आयोजनाको सबैभन्दा महत्वपूर्ण चरणमध्ये एक ...
: कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान अनुरूप राष्ट्रिय सेवा दल नयाँ मोडालिटी र व्यवस्थापन संरचना तयार गर्न कानून निर्माण गर्न खोजेको बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३ उपर सैद्धान्तिक छलफलका क्रममा मन्त्री गौतमले २०२७ सालको पुरानो एक पन्नाको विधेयकलाई ...
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको निःशुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर ...