मुख्य समाचार
एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हट्यो
एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हट्यो

। पछिल्ला दिनमा फिफा निलम्बनको असर नेपाली फुटबलमा प्रष्ट रूपमा देखिएको छ । निलम्बनको पछिल्लो शिकार नेपालको उमेर समुहको फुटबल टोली बनेको छ ।

फिफा निलम्बनका लागि यही अगष्ट अन्तिम देखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटेको छ । छनोटमा नेपाल डेपलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो ।

अब नेपालले यू-२० एसियन कप छनोट खेल्न पाउने छैन । यस छनोट प्रतियोगिता खेल्न अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन अगष्ट १ तारिखसम्म फुकुवा भइसक्नुपर्ने थियो ।

एएफसीले २७ जुनमै एन्फालाई पत्र पठाउँदै अगष्ट १ सम्म फिफाको निलम्बन फुकुवा भइसके मात्र नेपालले खेल्न पाउने अन्यथा नपाउने जानकारी गराएको थियो ।


तर निलम्बन कायम रहेको अवस्थामा अब नेपालले यू-२० एसियन कप छनोट खेल्न नपाउने भएको हो ।

सन् २०२७ मार्च-अप्रिलमा चीनमा हुने यस यू-२० एसियन कपका लागि यसअघि सार्वजनिक भएको ड्र मा नेपाल डेपलपमेन्ट फेजमा समूह आईमा थियो । यस समूहमा नेपालसँगै आयोजक मंगोलिया, ग्वाम र नर्दन मारिया आइल्यान्ड समावेश थिए । नेपालले अगष्ट ३१ मा ग्वाम सँग पहिलो खेल खेल्ने तालिका थियो ।

तर एएफसीले सार्वजनिक गरेको अपडेटेड ड्र अनुसार नेपालको नाम हटेको छ । यस्तै समूह ए मा रहेको फिलिपिन्सले पनि नखेल्ने भएको छ ।

यसअघि सन् २०२४ मा नेपालले एएफसी यू-२० एसियन कप छनोट खेल्दा समूह बी मा एक खेल जित्दा तीन खेलमा पराजित भएको थियो ।

निलम्बनपछि नेपालले गुमाउने पक्का भएको यू-२० एसियन कप छनोट तेस्रो प्रतियोगिता हो ।

फिफा निलम्बनका कारण नेपालले यसअघि नै एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू-१७ महिला एसियन कप छनोट प्रतियोगिता गुमाइसकेको छ ।

यस्तैगरी नोभेम्बर ४ देखि बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसिप फुटबलमा पनि नेपालको सहभागिता अन्योलमै छ ।

साफको लागि यसअघि नै ड्र भइसकेको छ र नेपालको नाम ड्र मा समावेश छैन ।

यदि सेप्टेम्बर १ तारिखसम्म नेपालको निलम्बन फुकुवा भएमा मात्र नेपाल साफ च्याम्पियनसिपको लागि समुह ए मा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम