मुख्य समाचार
फिफा अध्यक्ष इन्फान्टिनोले माफी मागे, नेतृत्वमा कायमै रहने
फिफा अध्यक्ष इन्फान्टिनोले माफी मागे, नेतृत्वमा कायमै रहने

। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा भएको त्रुटि स्वीकार गर्दै माफी मागेका छन् ।

यद्यपी फिफाका वरिष्ठ पदाधिकारीहरूले उनको नेतृत्वलाई निरन्तर समर्थन जनाएका छन् ।

बुधबार मोरक्कोको रबाटस्थित फिफाको अफ्रिका कार्यालयमा बसेको व्यवस्थापन बोर्डको बैठकपछि फिफाले इन्फान्टिनोलाई पूर्ण समर्थन रहेको जनाएको हो ।

यसअघि युरोपेली फुटबल महासंघ (यूईएफए) ले निजी लगानीसम्बन्धी प्रस्तावलाई ‘अपारदर्शी र बन्द कोठामा गरिएको सम्झौता’ भन्दै इन्फान्टिनोमाथिको विश्वास गुमाएको जनाएको थियो ।


फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले पनि आन्तरिक सर्कुलरमार्फत घटनालाई ‘दुःखद र निन्दनीय’ भनेका थिए । तर बैठकपछि ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले संयुक्त रूपमा इन्फान्टिनोलाई अध्यक्षका रूपमा पूर्ण समर्थन गर्ने निर्णय गरेका छन् ।

इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्ष, परिषद् सदस्य तथा २११ सदस्य राष्ट्रलाई संयुक्त पत्र पठाउँदै आफूहरूबाट भएका त्रुटिप्रति इमान्दारीपूर्वक माफी मागेका छन् । साथै भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

इन्फान्टिनोले नयाँ सहायक कम्पनी फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) मार्फत पुरुष र महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारेका थिए । प्रस्तावलाई समर्थन गरे प्रत्येक सदस्य राष्ट्रलाई ४ करोड अमेरिकी डलर उपलब्ध गराइने योजना पनि सार्वजनिक भएको थियो ।

फिफाले बैठकमा उक्त प्रक्रियामा सदस्य राष्ट्र र फिफा परिषद्लाई पर्याप्त रूपमा सहभागी नगराइनु गल्ती भएको स्वीकार गरेको छ। साथै योजना सार्वजनिक भएपछि त्यसको व्यवस्थापनमा पनि कमजोरी भएको जनाएको छ ।

यद्यपी फिफाले आफ्नो सुशासन र संस्थागत विश्वसनीयतामाथि हुने आक्रमण सहन नसकिने चेतावनी दिँदै संस्थाको प्रतिष्ठा जोगाउन आवश्यक कदम चालिने जनाएको छ ।

यसैबीच फिफाले मोरक्कोलाई समर्थनको बदलामा सन् २०३० विश्वकपको फाइनल आयोजना गर्ने आश्वासन दिएको भन्ने समाचारलाई पनि अस्वीकार गरेको छ ।

फिफाले त्यसलाई ‘भ्रामक र गलत’ दाबी गर्दै फाइनलको आयोजना स्थल उपयुक्त समयमा तय गरिने जनाएको छ ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम