मुख्य समाचार
किम यो जोङले जापानले अमेरिकामा निर्मित टोमाहक क्रुज क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले ‘थप सैन्य विकल्पहरू’ अपनाउने चेतावनी
किम यो जोङले जापानले अमेरिकामा निर्मित टोमाहक क्रुज क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले ‘थप सैन्य विकल्पहरू’ अपनाउने चेतावनी

: उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले जापानले अमेरिकामा निर्मित टोमाहक क्रुज क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले ‘थप सैन्य विकल्पहरू’ अपनाउने चेतावनी दिएकी छन् । बुधबार सरकारी सञ्चारमाध्यम केसीएनएमार्फत जारी गरिएको वक्तव्यमा किमले जापानी सेनाले आफ्नो रक्षात्मक भूमिकाबाट टाढिँदै पूर्व–आक्रमण गर्न सक्ने सैन्य शक्तिमा रूपान्तरण भइरहेको आरोप लगाएकी छन्।

प्रशान्त महासागरमा रहेको एजिस विध्वंसक जहाज ‘चोकाई’ बाट जापानले हालै गरेको टोमाहक परीक्षण, अन्य क्षेप्यास्त्र परीक्षण तथा मे महिनामा फिलिपिन्समा अमेरिकाको नेतृत्वमा भएको संयुक्त सैन्य अभ्यासमा जापानको सहभागितालाई उल्लेख गर्दै किमले उत्तर कोरियाले यस्तो प्रतिक्रिया दिने बताइन् । जसले जापानलाई आफ्नो सुरक्षामाथि अझ ठूलो खतरा महसुस गराउनेछ ।

‘हामीले उसलाई पछुताउन बाध्य बनाउनु पर्छ’, किमले भनिन् । यो पछिल्ला केही महिनामा टोकियोप्रति उनको सबैभन्दा कडा अभिव्यक्तिमध्ये एक हो । किमले अमेरिकाले टोमाहक क्षेप्यास्त्र उपलब्ध गराएर, त्यसको सञ्चालनका लागि जापानी जहाजहरूमा परिवर्तन गरेर र क्षेप्यास्त्र परीक्षणलाई समर्थन गरेर जापानको सैन्य विस्तारलाई सहयोग गरिरहेको आरोप पनि लगाइन् । उनले भनिन्, ‘जापानका यस्ता खतरनाक सैन्य कदमहरूको पछाडि अमेरिका छ ।’

क्षेत्रीय सुरक्षामाथि खतरा
यो वक्तव्य अमेरिका, दक्षिण कोरिया र जापानबीचको सुरक्षा सहकार्यको आलोचना गर्दै उत्तर कोरियाले दिएको पछिल्लो प्रतिक्रियामध्ये एक हो । जुलाईदेखि केसीएनएले कम्तीमा ६ वटा सम्पादकीय र टिप्पणी प्रकाशित गर्दै यी संयुक्त सैन्य गतिविधिहरूले क्षेत्रीय सुरक्षालाई खतरा पु¥याएको र कोरियाली प्रायद्वीपमा तनाव बढाएको दाबी गरेको छ ।

विश्लेषकहरूका अनुसार प्योङयाङले जापानको सैन्य आधुनिकीकरणलाई प्रत्यक्ष सुरक्षा खतराका रूपमा प्रस्तुत गर्दै आफ्नै हतियार विकासलाई उचित ठहराउने प्रयास गरिरहेको छ । सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका प्राध्यापक याङ मु–जिनले किमको टिप्पणीले जापानका कदमहरूलाई उत्तर कोरियाविरुद्ध अमेरिकी प्रयासको हिस्सा र अमेरिकाको सहयोगमा विकसित भइरहेको सैन्य क्षमताका रूपमा देखाउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम