मुख्य समाचार
महोत्तरीमा बाढीले बगाउँदा एक किसानको ज्यान गएको छ
महोत्तरीमा बाढीले बगाउँदा एक किसानको ज्यान गएको छ

: महोत्तरीमा बाढीले बगाउँदा एक किसानको ज्यान गएको छ।

खेतमा सिचाइ गर्न खेत पुगेका बर्दिबास नगरपालिका-५ का टंकबदुर बस्नेत गढन्ता खोलाले बगाउँदा ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी गुरु प्रसाद तिमिल्सिनाले जानकारी दिए।

बुधबार बिहान ३ बजे खोलाको छेउमा खेतमा पानी लगाउन राखिएको मोटर निकाल्न उनी गएका थिए। अचानक खोलामा आएको बाढीले बगाउँदा बस्नेतको ज्यान गएको हो।

बिहानसम्म खेतमा गएका बस्नेत घर नफर्किएपछि परिवारजन खोज्दै जाँदा खेतभन्दा ३ किलोमिटर दक्षिणमा शव फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन् ।बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका हुन् । उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । ...
: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि बेवारिसे अवस्थामा एउटा बलेरो गाडी फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन १९ गते सोमबार साँझदेखि बा १४ च ८९२५ नम्बरको उक्त गाडी बेवारिसे अवस्थामा रहेको हो। दुई दिनदेखि मन्दिर अगाडि गाडी एकै ठाउँमा देखेपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य राकेश सुब्बाले ...
: प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बुधबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । सिंहदरबारमा बसेको बैठकमा विधेयकमा उल्लेख गभर्नर र सञ्चालक समितिको पदावधिका बिषयमा छलफल भएको हो । बैठकमा केहि सांसदहरुले गभर्नर र सञ्चालक समितिको पाँच वर्षे पदावधि यथावत् राख्नु पर्ने धारणा राखेका थिए भने ...
: सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा.राम पवित्र दाससमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध आज विशेष अदातल काठमाडौंमा आरोप पत्र दायर गरेको हो। आयोगले उनीहरूविरुद्ध १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर ...
: काभ्रेको भुम्लु गाउँपालिका-८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेपछि एक दम्पती बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका-७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन बिष्टका अनुसार उनीहरू आज साँझ दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेका थिए। तिलकुमारी पराजुली ...