मुख्य समाचार
नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग
नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग

: नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारले बनाएको समिति सरकारका कमजोरी लुकाउने समितिमा सिमित हुने संशय विद्यमान रहेकाले स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको हो।

सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज घटनामा सरकारी संयमता र जवाफदेहीताको अभाव देखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। सरकार सुशासन, पारदर्शिता र जवाफदेहीतामा पूर्णरूपमा असफल भएको भन्दै उनले सरकारका कमजोरीले सरकारप्रति जनविश्वास निरन्तर खस्किएको उल्लेख गरे। त्यस्तै भदौ २३-२४ को आन्दोलन सम्बन्धमा, सर्वस्वीर्य आयोगको अभाव र सरकारको नैतिक असफलता देखिएको उनले बताए।

भदौ २३-४ को घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले समेत आफ्नो प्रतिवेदन दिइसकेकोमा यसवारे सरकारको मौनता रहस्यपूर्ण रहेको पार्टीको ठहर रहेको प्रवक्ता चालिसले बताए। त्यस्तै कांग्रेसले विचार तथा अभिव्यक्ति स्वतन्त्रताविरूद्धको सरकारको हर्कत सर्वसत्तावादी अभ्यास रहेको आरोप लगाएको छ। त्यस्तै राहदानी खरिद प्रकरणमा सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न उठेको प्रवक्ता चालिसेले बताए।

कांग्रेसले सम्पत्तिको स्रोत र भ्रष्टाचारविरुद्धको कारबा सम्वन्धमा सरकारको दोहोरो मापदण्ड देखिएको जनाएको छ। आफ्नै मन्त्री, आफ्नै उच्च राजनीतिक पदाधिकारी र प्रभावशाली व्यक्तिले सम्पत्ति सार्वजनिक गर्दा स्रोतवारे उठेका सार्वजनिक प्रश्नहरूको उत्तर आजसम्म आउन नसकेको प्रवक्ता चालिसेले बताए। सरकारद्वारा गठित आयोगको कार्य क्षेत्रमा वर्तमान पदमा रहेका व्यक्तिहरूलाई उन्मुक्ति दिइकाले न्यायसंगत नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...