मुख्य समाचार
बारामा खाना पकाउने एलपी ग्यासको बिक्री(वितरणलाई सहज र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले ९ बुँदे निर्देशनात्मक सूचना जारी
बारामा खाना पकाउने एलपी ग्यासको बिक्री(वितरणलाई सहज र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले ९ बुँदे निर्देशनात्मक सूचना जारी

: बारामा खाना पकाउने एलपी ग्यासको बिक्री(वितरणलाई सहज र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ ९ बुँदे निर्देशनात्मक सूचना जारी गरेको छ। बजारमा ग्यासको कृत्रिम अभाव भएको र व्यापारीले मनपरी गरेको भन्दै उपभोक्ताको गुनासो बढेपछि प्रशासनले सूचना जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी सूचनामा अनावश्यक मौज्दात राखेर कृतिम अभाव सिर्जना नगर्न, सरकारले तोकेको भन्दा बढी मूल्यमा ग्यास विक्री नगर्न, ग्यास वितरण प्रणाली पारदर्शी बनाउन, खाली सिलिन्डर लिएर मात्र भरिएको सिलिन्डर बिक्री गर्न अनुरोध गरिएको छ। मिश्रले जिल्लाका सबै ग्यास उत्पादक, वितरक र डिलरले तोकिएको नियम अनिवार्य रूपमा पालना गर्न, ग्यास बिक्री र मौज्दातको अभिलेख कार्यालयमा पठाउन समेत निर्देशन गरेका छन्।

प्रजिअ मिश्रले बजार अनुगमनलाई तीव्र बनाउने र नियम पालना नगरेको वा कालोबाजारी गरेको पाइएमा कानुन अनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले ग्यासको कालोबाजारी वा कृत्रिम अभावबारे जानकारी दिन उपभोक्ताले सहायक प्रमुख जिल्ला अधिकारीलाई सोझै ९८५५०४५४०३ मा फोन गर्न वा ह्वाट्सएप नम्बर ९८५५००७७७८ मा सन्देश पठाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...