मुख्य समाचार
इरानले स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनका लागि नयाँ मार्ग तय गर्ने विषयमा ओमानसँग सम्झौता
इरानले स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनका लागि नयाँ मार्ग तय गर्ने विषयमा ओमानसँग सम्झौता

: इरानले स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनका लागि नयाँ मार्ग तय गर्ने विषयमा ओमानसँग सम्झौता भएको जनाएको छ। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले सम्झौता 'अन्तिम चरणमा' पुगेको बताए पनि थप विवरण भने सार्वजनिक गरेका छैनन्।

प्रवक्ता बाकाइले ओमानसँगको सम्झौताले मात्र जलमार्गमा सुरक्षित जलयात्राको पूर्ण ग्यारेन्टी नहुने बताएका छन् । इरानी बन्दरगाहहरूमा संयुक्त राज्य अमेरिकाले लगाएको नाकाबन्दीका कारण सुरक्षा चुनौती अझै कायम रहेको उनको भनाइ छ। यस विषयमा संयुक्त राज्य अमेरिका र ओमानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

गत फेब्रुअरीको अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता तेहरानले हर्मुज जलडमरूमध्यको जलमार्गलाई प्रायः ठप्प पारेको छ। विश्वको करिब पाँचौँ भाग खनिज तेल र तरल प्राकृतिक ग्यास यही जलमार्ग भएर ओसारपसार हुने गर्छ। त्यसयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उतारचढाव आइरहेको छ।

मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि यो जलमार्ग 'शीघ्र' खोलिएन भने इरानले 'अत्यन्तै कडा प्रहार' सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

अमेरिकी अधिकारीहरूले जलमार्गबाट पुनः आवागमन सुरु गराउनका लागि वार्ता अघि बढेको बताएलगत्तै ट्रम्पको यो टिप्पणी आएको हो। यद्यपि, इरानले भने अमेरिकासँग कुनै वार्ता नगरेको र गर्ने योजना पनि नरहेको अडान दोहोर्‍याउँदै आएको छ।

दुवै देश र मध्यस्थकर्ताहरूबीच भइरहेका छलफलमा यो जलमार्ग पुनः खोल्ने विषय नै मुख्य केन्द्रविन्दु बनेको छ।

युद्ध सुरु भएयता यस जलमार्गबाट हुने आवागमन निकै घटेको छ। इरानले जलमार्ग प्रयोग गर्ने सबै जहाजले पूर्वस्वीकृति लिनुपर्ने नियम बनाएको छ र आदेश पालना नगर्ने जहाजहरूमाथि आक्रमण गर्दै आएको छ।

तेहरान र वासिङ्टनबीच असमझदारीको मुख्य विषय इरानले जलमार्ग पार गर्न चाहने जहाजहरूमाथि शुल्क लगाउने धम्की दिनु पनि हो। तर, बुधबार इरानी अधिकारीहरूले ओमानसँगको वार्तामा यो विषय परेको थियो वा थिएन भन्नेबारे केही खुलाएका छैनन्।

गत जुन महिनामा इरान र संयुक्त राज्य अमेरिकाले लडाइँ रोक्ने, हर्मुज जलडमरूमध्य खुला गर्ने र ६० दिनभित्र युद्ध अन्त्यका लागि सहमति जुटाउने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। तर, हस्ताक्षर भएको केही दिनमै एक-अर्कामाथि आक्रमण पुनः सुरु भएपछि उक्त सम्झौता र कूटनीतिक वार्ताहरू भाँडिएका थिए।

संयुक्त राज्य अमेरिकाले यस क्षेत्रमा रहेका इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी जारी राखेको छ। अर्कोतर्फ, लाल सागरमा रहेका साउदी अरेबियाका बन्दरगाहहरूमा इरान समर्थित यमनी हुथी विद्रोहीहरूले गत जुलाई २० देखि नाकाबन्दी लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम