मुख्य समाचार
समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोले
समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोले

: समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ ।
बक्यौता नबुझाएपछि तालाबन्दी गरेको ११४ औं दिनमा परिषद् आफैले उक्त पुस्तकालयको ताला खोलेको हो । ताला खोले पनि पाठनपाठनका लागि सोमबारदेखि मात्रै खुला हुने परिषद्ले जनाएको छ ।

पुस्कालयको ताला खोल्न चौतर्फी दवाव आएपछि परिषद्का पदाधिकारीहरुले बुधबार ताला खोलेका हुन् । तर साँचो परिषद्ले आफै राख्ने जनाएपछि पाठकहरुले विरोध जनाएका थिए । उनीहरुले पुस्तकालयको साँचो सञ्चालक समिति वा पाठकहरुलाई नै दिन माग गरेका थिए । त्यसपछि परिषद्, पुस्तकालयका प्रतिनिधि र पाठकबीच सहमति गरिएको थियो ।

सहमति अनुसार पुरस्कालय सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल गर्ने र सोमबारदेखि पूर्ण रुपमा पाठनपाठनका लागि खुला गरिने समाज कल्याण परिषद् व्यवस्थापन कार्यालय प्रमुख खगनाथ रेग्मीले जानकारी दिए ।

पुस्तकालयको तालाचाबी अहिले पुस्तकालय प्रशासनमा नै रहने गर्ने र पुस्तकालय सञ्चालनको मोडालिटीका बारेमा परिषद र पुस्तकालय कार्यसमिति बसेर छलफल गरी उचित निकास निकाल्ने सहमति भएको उनले बताए । बक्यौता रकम नतिरेको भन्दै परिषद्ले २०८२ साल चैत ३० गते पुस्तकालयमा तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...