मुख्य समाचार
तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना
तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना

: विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई फिफाले नयाँ व्यावसायिक निकायको करिब २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने विवादित योजना ल्याएपछि तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना गरेका छन्।

विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई निजी लगानीकर्तासँग जोड्ने ‘फिफा फरवार्ड इन्टरप्राइज योजना’ (एफएफई) ले विश्व फुटबलमा तीव्र विवाद निम्त्याएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियाे ।

इन्फान्टिनोको उक्त प्रस्तावको चौतर्फी विरोध भएपछि बुधबार रबातस्थित फिफाको अफ्रिका क्षेत्रीय कार्यालयमा व्यवस्थापन बोर्डका सदस्यहरूलाई आपत्कालीन बैठकका लागि बोलाएका थिए, भने बैठक सकिएको चार घण्टामै फिफाले अध्यक्षप्रति पूर्ण समर्थन रहेको विज्ञप्ति जारी गरेको छ। यससँगै उनी विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को अध्यक्ष पदमै कायम रहने भएका छन्।


यसअघि युरोपेली फुटबलको सर्वोच्च निकाय (युईएफए) ले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै 'फिफा फरवार्ड इन्टरप्राइज' (एफएफई) सम्बन्धी प्रस्तावलाई 'पारदर्शी नरहेको र अपारदर्शी ढोका पछाडिको सम्झौता'भनी टिप्पणी गरेको थियो।

फिफा भित्रबाटै पनि यस प्रस्तावको कडा आलोचना भएको थियो। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले आफ्ना कर्मचारीहरूलाई पठाएको आन्तरिक पत्रमा यस घटनाक्रमलाई 'दुःखद र निन्दनीय'भनेका थिए। तर, बुधबारको बैठकपछि महासचिव ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले अध्यक्षका रूपमा इन्फान्टिनोलाई आफ्नो 'पूर्ण समर्थन' पुन: दोहोर्‍याएका छन्।

इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त रूपमा हस्ताक्षर गरी फिफाका उपाध्यक्षहरू, काउन्सिल र २११ सदस्य राष्ट्रहरूलाई पठाएको पत्रमा आफ्ना त्रुटिहरूप्रति 'हृदयदेखि नै क्षमायाचना' गर्दै भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाएका छन्। निजी लगानी र आलोचनाको घेराइन्फान्टिनोले नयाँ सहायक कम्पनी 'एफएफई' मार्फत पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्ताव समर्थन गरेबापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर दिने अफर गरेका थिए।

फिफाद्वारा जारी विज्ञप्तिमा एफएफईसम्बन्धी निर्णयमा 'त्रुटिहरू भएको स्वीकार' गरिएको छ। निर्णय प्रक्रियामा फिफा काउन्सिल र सदस्य संघहरूलाई अलग्याइएको जस्तो भान पर्नु नियत नरहेको र प्रक्रियालाई फरक ढंगले अघि बढाउनुपर्ने फिफाले जनाएको छ।

साथै, सञ्चारमाध्यममा प्रस्ताव बाहिरिएपछि उत्पन्न परिस्थिति सम्हाल्नमा पनि गल्ती भएको फिफाले स्वीकार गरेको छ। तर, संस्थाको छवि र प्रतिष्ठामा आँच पुर्याउने कुनै पनि आक्रमण सह्य नहुने र त्यसका लागि आवश्यक कदम चालिने फिफाले चेतावनी दिएको छ।

यसैबीच, सन् २०३० को विश्वकप फाइनल आयोजना गर्न दिने शर्तमा मोरक्कोको समर्थन खोजेको भन्ने द टाइम्सको समाचारलाई फिफाले 'भ्रामक र असत्य' भन्दै खण्डन गरेको छ।

चौतर्फी विरोध र भावी चुनावको रणनीति आफ्नो १० वर्षे कार्यकालकै ठूलो विवादमा तानिएका ५६ वर्षीय इन्फान्टिनोले चौथो कार्यकालका लागि पुन: प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। अध्यक्ष पदका अन्य आकांक्षीहरूले सन् २०२६ नोभेम्बर १८ सम्ममा उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ भने निर्वाचन सन् २०२७ को मार्चमा मोरक्कोमा हुने फिफा कंग्रेसमार्फत हुनेछ।

जितका लागि २११ सदस्य राष्ट्रहरू मध्ये १०६ भोट आवश्यक पर्छ।तर, युईएफए र अन्य केही सदस्य राष्ट्रहरू अझै उनी प्रति असन्तुष्ट छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले इन्फान्टिनोमाथि अब विश्वास नरहेको बताएका छन् भने पूर्व दिग्गज फुटबलर लुइस फिगोले इन्फान्टिनोलाई तुरुन्तै राजीनामा दिन आह्वान गरेका छन्।

यद्यपि, एसिया र अफ्रिकाका बहुसंख्यक साना तथा विकासोन्मुख राष्ट्रहरूमा इन्फान्टिनोको पकड अझै बलियो देखिन्छ, जसका कारण युईएफएलाई उनलाई पदमुक्त गर्न अन्य महादेशीय संघहरूको समर्थन जुटाउन कठिन हुने देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम