मुख्य समाचार
तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना
तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना

: विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई फिफाले नयाँ व्यावसायिक निकायको करिब २० प्रतिशत हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने विवादित योजना ल्याएपछि तीव्र आलोचना खेपेका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्ना 'गल्तीहरू'स्वीकार गर्दै क्षमायाचना गरेका छन्।

विश्वकप तथा अन्य व्यावसायिक अधिकारलाई निजी लगानीकर्तासँग जोड्ने ‘फिफा फरवार्ड इन्टरप्राइज योजना’ (एफएफई) ले विश्व फुटबलमा तीव्र विवाद निम्त्याएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियाे ।

इन्फान्टिनोको उक्त प्रस्तावको चौतर्फी विरोध भएपछि बुधबार रबातस्थित फिफाको अफ्रिका क्षेत्रीय कार्यालयमा व्यवस्थापन बोर्डका सदस्यहरूलाई आपत्कालीन बैठकका लागि बोलाएका थिए, भने बैठक सकिएको चार घण्टामै फिफाले अध्यक्षप्रति पूर्ण समर्थन रहेको विज्ञप्ति जारी गरेको छ। यससँगै उनी विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को अध्यक्ष पदमै कायम रहने भएका छन्।


यसअघि युरोपेली फुटबलको सर्वोच्च निकाय (युईएफए) ले इन्फान्टिनोमाथिको विश्वास गुमेको बताउँदै 'फिफा फरवार्ड इन्टरप्राइज' (एफएफई) सम्बन्धी प्रस्तावलाई 'पारदर्शी नरहेको र अपारदर्शी ढोका पछाडिको सम्झौता'भनी टिप्पणी गरेको थियो।

फिफा भित्रबाटै पनि यस प्रस्तावको कडा आलोचना भएको थियो। फिफाका महासचिव म्याथियास ग्राफस्ट्रोमले आफ्ना कर्मचारीहरूलाई पठाएको आन्तरिक पत्रमा यस घटनाक्रमलाई 'दुःखद र निन्दनीय'भनेका थिए। तर, बुधबारको बैठकपछि महासचिव ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले अध्यक्षका रूपमा इन्फान्टिनोलाई आफ्नो 'पूर्ण समर्थन' पुन: दोहोर्‍याएका छन्।

इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त रूपमा हस्ताक्षर गरी फिफाका उपाध्यक्षहरू, काउन्सिल र २११ सदस्य राष्ट्रहरूलाई पठाएको पत्रमा आफ्ना त्रुटिहरूप्रति 'हृदयदेखि नै क्षमायाचना' गर्दै भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाएका छन्। निजी लगानी र आलोचनाको घेराइन्फान्टिनोले नयाँ सहायक कम्पनी 'एफएफई' मार्फत पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्ताव समर्थन गरेबापत प्रत्येक सदस्य संघलाई ४ करोड अमेरिकी डलर दिने अफर गरेका थिए।

फिफाद्वारा जारी विज्ञप्तिमा एफएफईसम्बन्धी निर्णयमा 'त्रुटिहरू भएको स्वीकार' गरिएको छ। निर्णय प्रक्रियामा फिफा काउन्सिल र सदस्य संघहरूलाई अलग्याइएको जस्तो भान पर्नु नियत नरहेको र प्रक्रियालाई फरक ढंगले अघि बढाउनुपर्ने फिफाले जनाएको छ।

साथै, सञ्चारमाध्यममा प्रस्ताव बाहिरिएपछि उत्पन्न परिस्थिति सम्हाल्नमा पनि गल्ती भएको फिफाले स्वीकार गरेको छ। तर, संस्थाको छवि र प्रतिष्ठामा आँच पुर्याउने कुनै पनि आक्रमण सह्य नहुने र त्यसका लागि आवश्यक कदम चालिने फिफाले चेतावनी दिएको छ।

यसैबीच, सन् २०३० को विश्वकप फाइनल आयोजना गर्न दिने शर्तमा मोरक्कोको समर्थन खोजेको भन्ने द टाइम्सको समाचारलाई फिफाले 'भ्रामक र असत्य' भन्दै खण्डन गरेको छ।

चौतर्फी विरोध र भावी चुनावको रणनीति आफ्नो १० वर्षे कार्यकालकै ठूलो विवादमा तानिएका ५६ वर्षीय इन्फान्टिनोले चौथो कार्यकालका लागि पुन: प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। अध्यक्ष पदका अन्य आकांक्षीहरूले सन् २०२६ नोभेम्बर १८ सम्ममा उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ भने निर्वाचन सन् २०२७ को मार्चमा मोरक्कोमा हुने फिफा कंग्रेसमार्फत हुनेछ।

जितका लागि २११ सदस्य राष्ट्रहरू मध्ये १०६ भोट आवश्यक पर्छ।तर, युईएफए र अन्य केही सदस्य राष्ट्रहरू अझै उनी प्रति असन्तुष्ट छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले इन्फान्टिनोमाथि अब विश्वास नरहेको बताएका छन् भने पूर्व दिग्गज फुटबलर लुइस फिगोले इन्फान्टिनोलाई तुरुन्तै राजीनामा दिन आह्वान गरेका छन्।

यद्यपि, एसिया र अफ्रिकाका बहुसंख्यक साना तथा विकासोन्मुख राष्ट्रहरूमा इन्फान्टिनोको पकड अझै बलियो देखिन्छ, जसका कारण युईएफएलाई उनलाई पदमुक्त गर्न अन्य महादेशीय संघहरूको समर्थन जुटाउन कठिन हुने देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । यसअघि नेपालको खेल १ सेप्टेम्बरका लागि तय भएकोमा अब ३१ अगस्टमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग खेल्नेछ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा यूएई, ओमान, ...
। लगातारको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मान्यता संकटमा छ । अबका केही खेलमा सम्हालिन नसक्ने हो भने नेपालले ८ वर्षअघि हासिल गरेको ओडीआई मान्यता गुमाउने छ । यही संकटग्रस्त परिस्थितिमा नेपाली क्रिकेट सम्हाल्ने जिम्मेवारी सन्दीप लामिछानेको काँधमा आइपुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाएर सन्दीपलाई ओडीआई कप्तानको जिम्मेवारी प्रदान ...
। पोर्चुगलका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर तथा मोडल-इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। उनीहरूले पोर्चुगलमै स्थानीय विधिअनुसार विवाह गरेका हुन्। रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको औंठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक भएको ६ घण्टामै त्यसमा एक करोड ६८ लाखभन्दा बढी लाइक आएको बताइएको छ। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार रोनाल्डो र जर्जिनाले ...
। इंग्लिस क्लब लिभरपुलले बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउहोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ । २७ वर्षीय अराउहोलाई लिभरपुलले सिजनभरका लागि ल्याएको हो। सम्झौतामा स्थायी रूपमा अनुबन्ध गर्न सक्ने विकल्पसमेत राखिएको छ । बार्सिलोनाबाट २०० भन्दा बढी खेल खेलिसकेका अराउहोले क्लबका लागि तीन ला लिगा र दुई कोपा डेल रे उपाधि जितेका छन् । उनी ...
: गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार ३० गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले ३ सदस्यीय छानबिन समिति गठन गरेकी हुन्। खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई साउन ...