मुख्य समाचार
शेख हसिनालाई भारतमा रहेर प्रत्यक्ष रूपमा सञ्चारमाध्यमसँग कुराकानी गर्ने अनुमति दिइएको विषयलाई लिएर बंगलादेश सरकारले कडा आपत्ति
शेख हसिनालाई भारतमा रहेर प्रत्यक्ष रूपमा सञ्चारमाध्यमसँग कुराकानी गर्ने अनुमति दिइएको विषयलाई लिएर बंगलादेश सरकारले कडा आपत्ति

: बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतमा रहेर प्रत्यक्ष रूपमा सञ्चारमाध्यमसँग कुराकानी गर्ने अनुमति दिइएको विषयलाई लिएर बंगलादेश सरकारले कडा आपत्ति जनाएको छ। बंगलादेश सरकारले उक्त कार्यक्रममार्फत हसिना र उनका सहयोगीहरूले बंगलादेशी राज्य र त्यहाँका जनताको उपहास गरेको बताएको छ।

यसैबीच, उक्त भर्चुअल पत्रकार सम्मेलनमा बंगलादेशका पूर्व क्रिकेट कप्तान शाकिब अल हसन सहभागी भएको देखिएपछि बुधबार राति उनको निवासमा आक्रमण भएको छ।

अवामी लिगले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्ति अनुसार पूर्व कप्तान तथा प्रसिद्ध क्रिकेट शाकिब अल हसनको घरमा पेट्रोल बमद्वारा भयानक आक्रमण गरिएको छ। हसिनासँगै पत्रकार सम्मेलनमा सहभागी भएको केही घण्टामै उक्त आक्रमण भएको हो।

अवामी लिगले भनेको छ, 'पत्रकार सम्मेलनअघि बीएनपी, इस्लामी जमात र एनसीपीले यस कार्यक्रमसँग सम्बन्धित समाचार प्रकाशित नगर्न राष्ट्रिय मिडियाहरूलाई चेतावनी दिएका थिए। समाचार प्रकाशित गरे मुद्दा दर्ता गर्ने धम्की समेत दिइएको थियो।' पार्टीले यस आक्रमणलाई 'फाँसीवाद' र लोकतन्त्रको नाममा पार्टी कार्यकर्ताहरूविरुद्ध भइरहेको हिंसाको निरन्तरता भएको दाबी गरेको छ।

बुधबार साँझ दिल्लीस्थित 'फॉरेन करस्पोन्डेन्ट्स क्लब अफ साउथ एशिया' द्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शेख हसिनाले आगामी डिसेम्बरभित्र बंगलादेश फर्किने घोषणा गरेकी थिइन्।

उक्त कार्यक्रमपछि बंगलादेशको परराष्ट्र मन्त्रालयले फेसबुकमार्फत कडा प्रतिक्रिया जनाएको हाे। मन्त्रालयले भनेको छ, 'जनताले जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सव मनाइरहेकै दिन भारतीय भूमिबाट हसिनाको पत्रकार सम्मेलन हुनु बंगलादेशको सार्वभौमसत्तामाथिको आक्रमण र शहीदहरूको अपमान हो। बंगलादेशी जनताले देशलाई पुनः फाँसीवादी शासन वा कसैको संरक्षित राज्य बन्न नदिने दृढ संकल्प लिएकाे छ ।' विज्ञप्तिमा भनिएको छ । यसका साथै मानवता विरुद्धको अपराध र नरसंहारकी दोषी हसिना तथा उनको समूहले अब बंगलादेशको राजनीतिमा ठाउँ नपाउने समेत बताएकाे छ ।

साथै बंगलादेश सार्वभौम समानता, पारस्परिक सम्मान र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिका आधारमा भारतसँग पारस्परिक हितका लागि काम गर्न चाहने इच्छा पनि व्यक्त गरेकाे छ ।

त्यसै गरी बंगलादेश सरकारले सन् २०१३ को द्विपक्षीय सुपूर्दगी सन्धि अनुसार हसिनालाई सुपूर्द गर्न पटक-पटक गरिएको अनुरोधमा भारतले कुनै जवाफ नदिएकोमा निराशा व्यक्त गरेको छ।

'दोषी अपराधीलाई फिर्ता पठाउनुको साटो मिडियामार्फत सार्वजनिक रूपमा बोल्ने मञ्च दिनु बंगलादेशी जनताको भावनामाथि चोट पुर्‍याउनु हो। यसले दुई देशबीचको बलियो द्विपक्षीय सम्बन्ध निर्माणमा गम्भीर क्षति पुर्‍याउँछ,' परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

५ अगस्ट २०२४ मा सत्ताच्युत भएकी पूर्वप्रधानमन्त्री हसिनालाई बंगलादेशको अदालतले मानवता विरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाइसकेको छ। सत्ता छाडेयता भारतमा रहँदै आएकी हसिनाले विगत दुई वर्षमा पहिलो पटक भर्चुअल माध्यमबाट पत्रकारहरूसँग हिजाे प्रत्यक्ष कुराकानी गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम