मुख्य समाचार
जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताए
जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताए

वासिङ्टन (रासस/एएफपी) । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान वा अमेरिकाका लागि मात्र नभई समग्र एसियाली अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण रहेको बताएका छन्।

उनले कमजोर येनका कारण क्षेत्रीय मुद्राबजारमा अस्थिरता फैलिन सक्ने चेतावनी दिएका छन् । उनले यही कारणले संयुक्त राज्य अमेरिका र जापानले येनलाई समर्थन गर्न संयुक्त रूपमा हस्तक्षेप गरेको स्पष्ट पारेका हुन्।

सिएनबीसीसँग मङ्गलबारको अन्तर्वार्तामा बेसेन्टले सन् १९९० को दशकको अन्त्यतिरको एसियाली वित्तीय सङ्कट स्मरण गर्दै अत्यधिक कमजोर येनले अन्य एसियाली मुद्रामाथि पनि दबाब सिर्जना गर्न सक्ने बताए।

उनका अनुसार येन अत्यधिक कमजोर भए त्यसको प्रभाव कोरियाली वोनलगायत अन्य क्षेत्रीय मुद्रामा पनि पर्न सक्ने र चिनियाँ रेन्मिन्बीको मूल्याङ्कनबारे अन्तर्राष्ट्रिय बजारमा विभिन्न धारणा रहेको छ ।


गत साता सन् १९९८ यताकै पहिलो पटक अमेरिका र जापानले संयुक्त रूपमा येन खरिद हस्तक्षेप गरेका थिए । उक्त हस्तक्षेपअघि येन अमेरिकी डलरको तुलनामा करिब १६४ येन प्रतिडलरसम्म झरेर झन्डै चार दशकयताकै कमजोर अवस्थामा पुगेको थियो ।

बेसेन्टले जापानको अर्थतन्त्रको आकार, विश्व व्यापारमा यसको भूमिका तथा अन्तर्राष्ट्रिय बचत बजारमा जापानको योगदानलाई दृष्टिगत गर्दा स्थिर येन विश्व अर्थतन्त्रका लागि आवश्यक रहेको बताए।

जापान अमेरिकी सरकारी ऋणपत्रको सबैभन्दा ठूलो धारक भएकाले एकल हस्तक्षेपका क्रममा अमेरिकी ट्रेजरी ऋणपत्र बिक्री हुन सक्ने र त्यसले अमेरिकी ऋण बजारमा दबाब पर्न सक्ने चिन्ता पनि वासिङ्टनमा रहेको जनाइएको छ ।

विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनले अमेरिकी व्यापार घाटा कम गर्ने नीति तथा सन् २०२५ को व्यापार सम्झौताअन्तर्गत जापानले अमेरिकामा पाँच खर्ब ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धतालाई पनि यस कदमसँग जोडेर हेरिएको छ । संयुक्त हस्तक्षेपअघि पनि जापानले आफ्नै प्रयासमा दशौँ अर्ब डलर खर्च गरेर येनलाई समर्थन गरेको थियो, तर मुद्रा निरन्तर कमजोर बन्दै गएको थियो ।

येनको अवमूल्यन हुनुका कारणमा जापान र अमेरिकाबीचको ब्याजदर अन्तर, उच्च अन्तर्राष्ट्रिय तेल मूल्य तथा प्रधानमन्त्री साने ताकाइचीका खर्चमुखी योजनाले जापानको सार्वजनिक ऋण थप बढ्न सक्ने चिन्तालाई लिइएको छ ।

संयुक्त हस्तक्षेपपछि वासिङ्टन र टोकियोले आवश्यक परे पुनः बजारमा हस्तक्षेप गर्न सक्ने सङ्केत दिएका छन् । बुधबारसम्म येन गत महिनाको न्यून विन्दुभन्दा करिब चार प्रतिशतले मजबुत भएको थियो ।

बेसेन्टले अन्ततः विनिमय दर बजारका तत्कालीन सङ्केतभन्दा पनि जापानको आर्थिक र मौद्रिक नीतिले निर्धारण गर्ने बताए। यसैबीच, गोल्डम्यान स्याक्सका अनुसन्धानकर्ताले संयुक्त हस्तक्षेपले तत्काल प्रभाव पार्न सक्ने भए पनि विश्व आर्थिक अवस्था र जापानको घरेलु नीतिमा ठोस परिवर्तन नभएसम्म यसको प्रभाव दीर्घकालीन नहुने विश्लेषण गरेका छन् ।

उनीहरूले अमेरिकी ट्रेजरीको संलग्नतालाई येनको विनिमय दर नियन्त्रणभन्दा पनि अमेरिकी ऋण बजारमा अनावश्यक अस्थिरता कम गर्ने उद्देश्यसँग बढी सम्बन्धित रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि जापानस्थित दिपओए जापान कम्पनी प्रालिले ३६ लाख जापानी येन आर्थिक सहयोग गरेको छ। कम्पनीका निर्देशक एवं प्रबन्ध निर्देशक दीपक सुवेदीका अनुसार, बाढीपीडितको घाउमा मलम लगाउन कम्पनीको संस्थागत तर्फबाट ३० लाख येन र त्यहाँ कार्यरत कर्मचारीका तर्फबाट ६ लाख येन गरी कुल ३६ लाख ...
: रसुवा बाढीबाट प्रभावितका लागि जापान सरकारले राहत प्रदान गरेको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरुले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई बुधबार राहत सामग्री हस्तान्तरण गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायता व्यवस्थापन क्षेत्रमा राजदूत मायदाले जापान सरकार र जापानी जनताका तर्फबाट आपतकालीन राहत सामग्री मन्त्री पुनलाई हस्तान्तरण गरेका हुन्। जापान सरकारले उपलब्ध गराएको राहत ...
। नेपाल–चीन सीमा क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोको विषयलाई लिएर नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो करिब उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ। समवेदना र बेपत्ता नागरिकको खोजीमा चासो वार्ताको सुरुमै जापानी प्रधानमन्त्री ताकाइचीले गत अगस्ट २६ मा गएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति ...