मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय

। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताए ।

‘केही प्रदेशहरूमा सरकार फेरबदलका सन्दर्भमा पनि छलफल गरेका छौं,’ उनले भने, ‘यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल छैन । र, त्यसप्रकारको गतिबिधिमा राप्रपा लालायित पनि छैन । राप्रपा मूलत: प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरू मिलेरै बनाउन भन्ने धारणा राख्दछ ।’

त्यतिले नभए राप्रपाले निर्णय नै गर्ने अवस्था आए उपयुक्त समयमा उपयुक्त निर्णय लिइने उनले बताए । ‘उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिने भन्ने टुंगो लागेको छ,’ अध्यक्ष लिङ्देनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राप्रपाले प्रदेश सरकारमा सहभागी हुने या नहुने भन्ने निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको हितलाई ध्यानमा राखेर आवश्यक निर्णय लिने जिम्मा अध्यक्ष लिङ्देनलाई जिम्मा दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले राप्रपा प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल र लालायित नभएको पनि ...
। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब भएको भनेर तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिले निर्देशन दिएको छ । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई स्पष्टीकरण माग गर्न निर्देशन दिने निर्णय गरेको हो । समाज कल्याण परिषद्मा स्पष्टीकरण दर्ता हुने भएकाले समितिले ...
। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखर सहकारीका १४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । त्यस्तै पशुपति सहकारीका २८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पहिलो ...
। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब भएको भनेर तीन अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको वक्तव्यलाई सरकारले कपोलकल्पित वक्तव्यको संज्ञा दिएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुनमन्त्री सोबिता गौतमले यस्तो बताएकी हुन् । एमनेष्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका ...
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मिस नेपाल वर्ल्ड दीपमाला ढकालबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ । मिस नेपालको स्यास लगाएर उनी मन्त्रीसँगको बैठकमा सहभागी थिइन् । भेटपछि अनलाइनखबरसँग कुरा गर्दै दीपमालाले गैरआवासीय नेपाली समुदायको दोस्रो पुस्तालाई कसरी मुलुक फर्किन प्रोत्साहित गर्ने र समृद्ध अर्थतन्त्र निर्माण गर्ने विषयमा छलफल भएको बताइन् । यो कुराकानीमा मन्त्री पोखरेल ...