मुख्य समाचार
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन्
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन्

। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् ।

उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले एम्नेष्टी इन्टरनेशनलको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान’का विषयमा छलफल भइरहँदा सांसद न्यौपानेले उक्त धारणा राखेका हुन् । समितिले छलफलका लागि एम्नेस्टी इन्टरनेशनललाई आमन्त्रण गरे पनि संस्थाका प्रतिनिधि उपस्थित नभएपछि ...
। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको आरोप लगाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ–नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी गरे ...
। चितवन भरतपुरमा भूमिगत विद्युत् वितरण प्रणाली जडान अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबुल प्रणालीमा विद्युत् चार्ज (लोड परीक्षण) सुरु गरिसकेको छ भने करिब ३ सय सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत् आपूर्ति सुरु भइसकेको छ । प्राधिकरणका अनुसार पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत हालसम्म समग्र भौतिक प्रगति ९४ प्रतिशत पुगेको छ ...
। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परी सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबइ, कतारलगायत मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले ...
। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनादेखि राहदानी खरिद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, कूटनीति, सुकुम्बासी, किसान, शिक्षा, निजी क्षेत्र र महँगीसम्मका विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार ...