। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एन्ड टी–२० सिरिजका लागि खेलतालिका सार्वजनिक भएको छ ।
अगस्ट २१ देखि ३० सम्म डार्विनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग खेल्नेछ । त्यसपछि अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
नेपालले गत संस्करणमा पनि प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसबेला नेपालले ६ खेल खेल्दा दुई खेल जितेको थियो भने चार खेलमा पराजित भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि टोली घोषणा गर्न बाँकी रहेको छ ।
त्यसबेला एसीसी प्रिमियर कप पनि हुने चर्चा भइरहँदा नेपालले दुई प्रतियोगिताका लागि दुई फरक टोली घोषणा गर्ने सम्भावना छ ।
नेपालको खेल तालिका:
अगस्ट २१ – एनटी स्ट्राइक विरुद्ध नेपाल
अगस्ट २२ – नेपाल विरुद्ध बंगलादेश हाई–परफर्मेन्स
अगस्ट २४ – नेपाल विरुद्ध हरिकेन्स
अगस्ट २६ – नेपाल विरुद्ध एसीटी कमेट्स
अगस्ट २७ – नेपाल विरुद्ध किङ्समेन
अगस्ट २९ – नेपाल विरुद्ध भिक्टोरिया