मुख्य समाचार
ओलीको निवास गुन्डुमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बेहोस भएर ढलेकोप्रति नेताहरुले टिप्पणी
ओलीको निवास गुन्डुमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बेहोस भएर ढलेकोप्रति नेताहरुले टिप्पणी

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बेहोस भएर ढलेकोप्रति नेताहरुले टिप्पणी गरिरहेका छन् ।

सामाजिक सञ्जालमा एमाले नेताहरुले यो घटनाप्रति पक्ष र विपक्षमा मतहरु राखिरहेका छन् । एमाले उपमहासचिव योगेश भट्टराईले पनि फेसबुक मार्फत पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् ।

‘पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरु दु:ख साट्ने, सुख बाड्ने, प्रेमिल अनि भरोसा र विश्वासको केन्द्र बन्नुपर्दछ,’ भट्टराईले लेखेका छन्, ‘जहाँ पारिवारिक र कमरेडली बातावरणमा छलफ हुन सकोस् । नत्र दु:ख पर्दा जाने कहाँ ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागी सरकारले लागु गरेको ‘फ्री भिसा–फ्री टिकट’ कागजमा नै सीमित रहेको बताएका छन् । बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उनले ‘फ्री भिसा–फ्री टिकट’ को नीति व्यवहारमा कार्यान्वयन नभएको स्वीकार गरेका हुन् । उनले विगत १० ...
। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेलले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता, यसको निष्पक्षतामा कहीँ कुनै पनि हिसाबमा प्रश्न उठ्न नसक्ने हिसाबले कार्य सम्पादन गरिरहेको बताएका छन । प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले न्यायमा सबै नागरिकहरूको समान हिसाबले पहुँच पुर्‍याउनुपर्ने कुराहरूमा न्यायपालिका केन्द्रित रहेको बताए । न्यायपालिकाप्रतिको आस्था र विश्वास बढाउनुपर्ने विषयबारे बोल्ने क्रममा ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा ...
। दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच कनेक्टिभिटी बढाउनुपर्ने बताए । उनले दुई मुलुकबीचको सम्बन्धका प्राथमिकतामा व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रलाई राख्नुपर्ने बताए । उनले भने, ‘लगानीका लागि हामीले विभिन्न क्षेत्रको पहिचान गर्नुपर्छ । अहिले हामी ऊर्जा र ...
। राप्रपाले महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६-२८ मा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा अतिथि ...