। दाङमा प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रहरीले सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र, दाङबाट साउन १६ देखि १९ गतेसम्म विशेष खोजतलास अभियान सञ्चालन गरी बन्दुक बरामद गरेको हो ।
बङ्गलाचुली गाउँपालिकाका वडा नम्बर ४, ५, ६, ७ र ८ अन्तर्गत हिमाल, लालीगुराँस, खारखोली, बङ्गलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नवचेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल र बिरह सामुदायिक वनबाट सात गरी ५५ वटा भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बरामद गरिएका भरुवा बन्दुकका नालको स्रोत र प्रयोगबारे थप अनुसन्धान भइरहेको बताए ।