मुख्य समाचार
नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने
नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने

। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्षरूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समितिको यही साउन १३ गतेको निर्णयअनुसार यही साउन २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अभियान सुरु हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिए।

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन दुई जना केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सडक विभागले बाढी र पहिरोबाट ३ वटा पूर्ण र ६ वटा सडकखण्ड आंशिक रूपमा अवरूद्ध भएका जनाएको छ । विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् । पहिरोका कारण अवरूद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिँदा ती राजमार्ग ...
। मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । निर्णय अनुसार, तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय भएको छ । त्यस्तै, पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय पनि भएको ...
। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् । यसअघि मंगलबार पनि उनीहरूबीच छलफल भएको थियो । प्रदेश सरकारमा नेकपा एमाले र नेकपाबीच गठबन्धन गर्ने सहमति भएको छ। सोहीअनुसार कोशीमा एमालेकै सरकार गठन गर्ने सहमति भएको थियो । तर अहिले एमाले संसदीय दलका नेता कार्कीलाई हटाएर अर्कैलाई ...
। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड सीईओमा याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयको प्रस्तावमा याङ्कीलाई लगानी बोर्ड सीईओ नियुक्त गरिएको हो । दुई दर्जन बढीले लगानी बोर्ड सीईओमा आवेदन दिएका थिए । लगानी बोर्ड सीईओ ...
। मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बुधबार दुवै जनालाई छाड्न अदालतले आदेश आएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए । सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेश कुमार झाको एकल इजलासले सिंहद्वयलाई जमानतमा छाड्न आदेश दिएको हो । किसानहरूका तर्फबाट ...