मुख्य समाचार
नेपालमा करिब ६० हजार एनजीओ र २५० आईएनजीओ
नेपालमा करिब ६० हजार एनजीओ र २५० आईएनजीओ

। नेपालमा करिब ६० हजार एनजीओ र २५० आईएनजीओ रहेको पाइएको छ । समाज कल्याण परिषद्का‍ सदस्य सचिव चक्र बुढाले यस्तो जानकारी दिएका हुन् ।

‘करिब ६० हजार एनजीओ छन् । यसमध्ये १० हजारले काम गरिरहेका छन् । २५० आइएनजीओ छन् । १३६ वटा एक्टिभ छन्’, बुढाले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा जानकारी गराए ।

एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए ।

यसबारे समितिमा समितिकै सदस्य यज्ञमणि न्यौपानेले छलफल माग गर्दै निवेदन दिएका थिए । त्यसउपरको छलफलमा यी संस्थाको स्ट्याटसको विषय उठ्यो । यसबारे बोल्ने क्रममा समाज कल्याण परिषद्‍का सदस्य सचिव बुढाले नेपालमा काम गरेका एनजीओ र आईएनजीओको संख्याबारे पनि जानकारी दिएका हुन् ।


उनका अनुसार एमनेस्टी इन्टरनेशनल नवीकरण अवधि सकिएर नवीकरणको प्रक्रियामा छ । इन्टरनेशनल कमिसन अफ जुरिस्ट्सको नवीकरण अवधि २०२७ सम्म छ । ह्युम्यान राइट्स वाचले २०६४ सालमा स्वीकृति लिएको थियो । त्यसपछि स्वीकृति लिएको छैन र नविकरण पनि छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् । यसअघि मंगलबार पनि उनीहरूबीच छलफल भएको थियो । प्रदेश सरकारमा नेकपा एमाले र नेकपाबीच गठबन्धन गर्ने सहमति भएको छ। सोहीअनुसार कोशीमा एमालेकै सरकार गठन गर्ने सहमति भएको थियो । तर अहिले एमाले संसदीय दलका नेता कार्कीलाई हटाएर अर्कैलाई ...
। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड सीईओमा याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयको प्रस्तावमा याङ्कीलाई लगानी बोर्ड सीईओ नियुक्त गरिएको हो । दुई दर्जन बढीले लगानी बोर्ड सीईओमा आवेदन दिएका थिए । लगानी बोर्ड सीईओ ...
। मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । बुधबार दुवै जनालाई छाड्न अदालतले आदेश आएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए । सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेश कुमार झाको एकल इजलासले सिंहद्वयलाई जमानतमा छाड्न आदेश दिएको हो । किसानहरूका तर्फबाट ...
। उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टिमले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ । ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्याहरूलाई तत्काल समाधान गर्न मन्त्रालय, आयल निगम, उद्योग ...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको बताउँदै राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि हुन नहुनेमा जोड दिनुभएको छ । प्रेस चौतारीले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटमा उहाँले बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगतिका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणालीलगायत विविध क्षेत्रमा ...