मुख्य समाचार
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

। धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै सात लाख रुपैयाँ ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो ।

निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा गठित यो टिमले आजैदेखि आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ । ग्यास आपूर्तिमा देखिने तत्कालीन समस्याहरूलाई तत्काल समाधान गर्न मन्त्रालय, आयल निगम, उद्योग ...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको बताउँदै राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि हुन नहुनेमा जोड दिनुभएको छ । प्रेस चौतारीले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटमा उहाँले बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगतिका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणालीलगायत विविध क्षेत्रमा ...
। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्यासको आपूर्ति तत्काल सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति जयन्तीदेवी राईले समितिको तर्फबाट सरकारलाई यस्तो निर्देशन दिएकी हुन् । उनले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आवश्यक नीतिगत र कार्यान्वयनात्मक कदम तत्काल अघि ...
। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुन् । उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए । त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
। संविधानविद् विपिन आचार्यले सर्वोच्च अदालतका न्यायाधीशबारे संयुक्त विज्ञप्ति निकाल्ने संस्थालाई धन्यवाद दिएर आफ्नो प्रतिबद्धता राख्न सरकारलाई सुझाएका छन् । एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स र ह्युम्यान राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए । साथै वरिष्ठता मिचेर ...