मुख्य समाचार
प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई पक्राउ
प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई पक्राउ

: पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई फक्राउ गरेको छ । प्रहरीले लागूऔषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडी पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार,बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप गाडीलाई रोकेर खानतलासी गरेको थियो।

त्यसक्रममा पिकअप गाडीभित्र लोड रहेको सिमेन्टको बोरामा लुकाइछिपाई राखिएको अवस्थामा २ सय ७ केजी लागुऔषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । गाँजा र गाडीसहित उक्त गाडीका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई पनि पक्राउ गरिएको पौडेलले बताए।

बरामद गाँजा र पिकअप गाडीसहित चालक लामालाई प्रहरी कार्यालयमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ ...
: नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे ...
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे । उनले यस पटक सुनसरी–सिरहाको घटनामा त्यहि देखिएको बताउँदै उनले ...
: सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट ...
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो ? भन्दै संसद बैठकमा प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङ्गले सेना गठन गर्न पाउने मापदण्ड के–के हुन्, त्यो मापदण्ड पुरा गरेर क–कसले सेना गठन पाउने हो भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेका ...