मुख्य समाचार
सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताए
सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताए

: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे ।

उनले यस पटक सुनसरी–सिरहाको घटनामा त्यहि देखिएको बताउँदै उनले सरकारले राम्रोसँग सुझबुझ व्यवस्थापन गरेको, सभामुखले त्यहि अनुसारको निर्देशन दिएको र विपक्षी दलहरुले पनि देश र जनतालाई नै केन्द्रमा राखेर भूमिका निर्वाह गरेको बताए । उनले यहि भूमिकाका कारण देशमा ठूलो संकट गरेको बताए । सांसद खरेलले यसपटक धार्मिक सदभाव र एकता कायम राख्न सफल भएको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ ...
: नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे ...
: पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई फक्राउ गरेको छ । प्रहरीले लागूऔषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडी पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार,बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप ...
: सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट ...
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो ? भन्दै संसद बैठकमा प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङ्गले सेना गठन गर्न पाउने मापदण्ड के–के हुन्, त्यो मापदण्ड पुरा गरेर क–कसले सेना गठन पाउने हो भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेका ...