मुख्य समाचार
दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत गरी पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत गरी पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

: दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत गरी पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष अहिर,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,तत्कालीन राजश्व शाखा प्रमुख शम्भु चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।

यस्तै आयोगले सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि बुटवल १३ रुपन्देही र उक्त कम्पनीका प्रबन्ध निर्देशक शहदेव खड्का र प्रतिनिधि विकास पुन भन्ने विरास पुनलाई मुद्दामा प्रतिवादी बनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा गढवा गाउँपालिकाको वडा नम्बर १ र २ को विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डर गरेको र टेन्डर भएपछि ठेकेदारसँग आपसी मोलमोलाइ गरी सम्झौता नगरी कार्यालयबाट सहीछाप सहितको नगदी रसिद जारी गरी अनियमितता गरेको खुल्न आएपछि तत्कालीन वडाध्यक्षसहित पाँचजनाविरुद्ध आरोप- पत्र दायर भएको हो।
उनीहरूविरुद्ध जनही १ करोड ४१ लाख ५० हजार विगो र सजायको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ ...
: नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे ...
: पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई फक्राउ गरेको छ । प्रहरीले लागूऔषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडी पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार,बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप ...
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे । उनले यस पटक सुनसरी–सिरहाको घटनामा त्यहि देखिएको बताउँदै उनले ...
: सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट ...