मुख्य समाचार
बसले ठक्कर दिँदा चालकसहित कार सुनकोसी नदीमा वेपत्ता भएपछि दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध
बसले ठक्कर दिँदा चालकसहित कार सुनकोसी नदीमा वेपत्ता भएपछि दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध

: यात्रुबाहक बसले ठक्कर दिँदा चालकसहित कार सुनकोसी नदीमा वेपत्ता भएपछि दोषीमाथि कारबाहीको माग गर्दै मध्य पहाडी राजमार्ग अवरुद्ध गरिएको छ । वेपत्ताका आफन्त र स्थानीयले मध्य पहाडी लोकमार्गअन्तरगत खुर्कोट–घुर्मी सडक खण्डको फिक्कल गाउँपालिका–२ नवलपुरमा मंगलबार बिहानदेखि राजमार्ग अवरुद्ध गराएका हुन ।

राजमार्गमा रुख,ढुंगामुढा राख्नुका साथै स्थानीय टायर बालेर राजमार्ग अबरुद्ध गरेका छन् । फिक्कल गाउँपालिका–२ नवलपुर सामेबार दिउँसो काठमाण्डौंबाट ओखलढुङ्गा तर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४च९५७३ नम्बरको कारलाई ठक्कर दिँदा तिनजना यात्रुसहित सुकोसी नदीमा वेपत्ता भएका थिए ।

null




वेपत्ताको मंगलबार बिहानबाट पुनः खोजिकार्य जारि राखिएको भएपनि हालसम्म केही पत्तो लाग्न सकेको छैन । चालकको लापरबाहीका कारण तिव्र गतिमा आएको बसले राजमार्गको छेउमा राकिएको कारलाई ठक्कर दिएको पीडितको आरोप छ । उनीहरूले बसका चालकलाई हदैसम्मको कारबाही,वेपत्ताको खोज तथा उद्धारमा तिव्रता दिन र वेपत्ताका परिवारलाई उचित क्षतिपूर्ति तथा राहात दिनुपर्ने माग गरेका छन् ।

घटना घटेको दुई दिन हुँदासम्म बसका मालिक र बस सञ्चालक समिति सम्पर्कमा नआएको भन्दै उनीहरूलाई वार्तामा झिकाउन समेत पीडित पक्षले माग गरेका छन् । बेपत्ता गोलन्जोर गाउँपालिका -१ का गणेश थापाका काका उमेश कुमार थापाले घटनाको सत्य,तथ्य छानविन गरी दोषीलाई हदैसम्मको कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे । घटना घटे पछि बस धनी र समितिले तत्काल खोजी, उद्धार र राहतमा सहयोग गर्नुपर्नेमा अहिले सम्म सम्पर्कमा नआएको उनको गुनासो छ ।

null

घटनापछि सोमबार साँझ नै पीडित पक्षले केही समय राजमार्ग अवरुद्ध गरेका थिए । तर, स्थानीय प्रशासनले बसका मालिक र समितिलाई वार्तामा बोलाउने प्रतिवद्धता जनाएपछि स्थगन गरिएको थियो । तर मंगलबार बिहान ९ बजेसम्म उनीहरू सम्पर्कमा नआएको भन्दै पीडित पक्षले पुनः राजमार्ग अवरुद्ध गराएका हुन ।

कोसीमा पानीको बहाव उच्च भएकाले र रातिको समय भएपछि स्थगित गरिएको खोजि कार्यलाई मंगलबार बिहानैबाट निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डीसपी) विजय श्रेष्ठले जानकारी दिए ।

बसले ठक्कर दिँदा अनियन्त्रित भई कार सुनकोसी नदीमा खस्दा कारका चालक सिन्धुपाल्चोकका ३९ वर्षीय दिल कुमार लामा, स्काईभेटर चालक सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय गणेश थापा र स्काभेटरका हेल्फर तिनपाटन गाउँपालिका ९ डाँडाखर्कका १७ वर्षीय सुजन बलम्पाकी मगर नदीमा बेपत्ता छन्।

वेपत्ता लामा मध्यपाहाडी लोकमार्ग निर्माणका ठेकेदार हुन् । उनी सिन्धुपाल्ल्चोकस्थित जुगल गाउँपालिका वडा नम्बर ७ का पूर्ववडाअध्यक्ष समेत हुन्। लामा २०७४ सालमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीहरू साइडमा काम सकेर खाना खान नवलपुर तर्फ आउने क्रममा दुर्घटना भएको हो।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खुर्कोट व्यस क्याम्पको गोताखोर टोली, वेपत्ताको आफन्तसहित स्थानीय वेपत्ता कार र यात्रुहरूको खोजिकार्यमा जुटेका छन् । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ,प्रहरी प्रमुख विक्रम सिं, फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल, गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोम प्रसाद बराललगायत समेत घटना स्थलमा पुगेर वेपत्ताको खोजिमा लागिपरेका छन्।

प्रहरीका अनुसार कारलाई ठक्कर दिने बसका चालक फिक्कल गाउँपालिका ६ का वर्ष २६ वर्षीय हेम बहादुर तामाङ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ ...
: नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे ...
: पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई फक्राउ गरेको छ । प्रहरीले लागूऔषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडी पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार,बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप ...
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे । उनले यस पटक सुनसरी–सिरहाको घटनामा त्यहि देखिएको बताउँदै उनले ...
: सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट ...