मुख्य समाचार
इरान र अमेरिकाबीच पछिल्ला करिब ६ महिनादेखि तनाव कायम
इरान र अमेरिकाबीच पछिल्ला करिब ६ महिनादेखि तनाव कायम

: इरान र अमेरिकाबीच पछिल्ला करिब ६ महिनादेखि तनाव कायम छ । यसैबीच इरानको शीर्ष नेतृत्वभित्र गम्भीर मतभेद देखिएको दाबी गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार इरानी सत्तामा आएको दरार गहिरिँदै गएको छ र सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति मसूद पेजेश्कियनलाई कथित रूपमा अन्तिम चेतावनी दिएका छन् ।

रिपोर्टअनुसार सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति पेजेश्कियनलाई फेरि राजीनामाको धम्की दिए तत्काल पदबाट हटाइने चेतावनी दिएका छन् । साथै उनले इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) का कमाण्डर अहमद वहिदीलाई पूर्ण समर्थन जनाएको पनि बताइएको छ । अमेरिकास्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्ल्यु) ले वरिष्ठ धर्मगुरु मोहम्मद बाकिर खाराजीलाई उद्धृत गर्दै पेजेश्कियनले राजीनामाको धम्कीमार्फत सरकारी नीतिमा प्रभाव पार्ने प्रयास नगर्न चेतावनी दिइएको जनाएको छ ।

पेजेश्कियनले यसअघि पनि दिएका थिए राजीनामाको संकेत

यसअघि पनि राष्ट्रपति मसूद पेजेश्कियनले शीर्ष नेतृत्वसँगको असहमतिको कारण पटक–पटक राजीनामा दिने संकेत गरेका थिए । इजरायली सञ्चारमाध्यम च्यानल १४ का अनुसार सुरक्षा तथा विदेश नीतिसम्बन्धी निर्णय प्रक्रियामा आफूलाई बेवास्ता गरिएको भन्दै उनले यसअघि पनि राजीनामा दिन चाहेको बताएका थिए । मे र जुन महिनामा उनले सर्वोच्च नेतृत्वलाई औपचारिक पत्र लेखेर पद छाड्ने इच्छा व्यक्त गरेको बताइए पनि उनले आधिकारिक रूपमा राजीनामा भने बुझाएका थिएनन् ।
आइआरजीसीको बढ्दै प्रभाव
रिपोर्टहरूका अनुसार इरानको विदेश नीति र राष्ट्रिय सुरक्षासम्बन्धी निर्णयहरूमा आइआरजीसी कमाण्डर अहमद वहिदीको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । राष्ट्रपति पेजेश्कियनका निर्णयहरूलाई पछाडि पारिएको र सर्वोच्च नेतृत्वले आइआरजीसीलाई थप अधिकार दिएको दाबी गरिएको छ ।

यसले अमेरिकाप्रति इरानको नीति अझ कडा र आक्रामक बन्न सक्ने विश्लेषण गरिएको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक वार्तामार्फत सम्झौतामा फर्किन सकिने संकेत दिएका थिए । तर आइआरजीसी भने अमेरिकासँग वार्ताप्रति सधैं संशयपूर्ण रहँदै आएको मानिन्छ ।

अमेरिका–इरान वार्ताको अवस्था
नेतृत्वभित्र मतभेदका समाचार सार्वजनिक भइरहेका बेला इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभइरहेको स्पष्ट पारेको छ । इरानी पक्षले ट्रम्पको वार्तासम्बन्धी दाबीलाई असत्य भनेको छ ।

यद्यपि केही अन्तर्राष्ट्रिय रिपोर्टहरूले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा अमेरिका र इरानबीच अप्रत्यक्ष संवाद जारी रहेको दाबी गरेका छन् । साथै इरानी विदेशमन्त्री अब्बास अराघची अमेरिकी प्रतिनिधिहरूसँग अप्रत्यक्ष सम्पर्कमा रहेको पनि ती रिपोर्टहरूमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम