मुख्य समाचार
काठमाडौं नागपोखरी क्षेत्रबाट ठूलो मात्रामा व्राउन सुगर बरामद
काठमाडौं नागपोखरी क्षेत्रबाट ठूलो मात्रामा व्राउन सुगर बरामद

: सशस्त्र प्रहरी बलको इन्टलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।

सो क्षेत्रमा लागुऔषध भण्डारण तथा बेचविखन भईरहेको भन्ने विषेश सूचनाको आधारमा एपीएफ इन्टलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुबर्ण थापा र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपराह्न लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका–१ नागपोखरी बस्ने बर्ष ४३ का प्रभात तिवारी, सर्लाहीको मंलेगवा–८ का सुजन रायमाझी, काठमाडौ– १४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, ललितपुरको बाग्डोल–४ बस्ने बर्ष ५१ को सविन श्रेष्ठ रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलले बताएको छ ।




उनीहरूको साथबाट ब्राउन सुगर २९६.७५ ग्राम, बा ७ चः ५१८० नम्बर को होण्डा गाडी, टामाडोल २२ पता २२० क्याप्सुल, नाईटो भेट १३० क्याप्सुल, नेपाली रकम एक लाख ९८ हजार ३७५, अमेरिकी डलर ३३, जापानी येन १ हजार र लागुऔषधमा मिसाउने २२ वटा केमिकलको बोतल लगायत बरामद गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ ...
: नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे ...
: पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई फक्राउ गरेको छ । प्रहरीले लागूऔषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडी पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार,बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप ...
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे । उनले यस पटक सुनसरी–सिरहाको घटनामा त्यहि देखिएको बताउँदै उनले ...
: सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट ...