मुख्य समाचार
सुनसरी–सिरहा घटनाको सत्य तथ्य र न्यायिक छानविनका लागि संसदीय छानविन समितिको माग
सुनसरी–सिरहा घटनाको सत्य तथ्य र न्यायिक छानविनका लागि संसदीय छानविन समितिको माग

: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रतिनिधिसभाका सांसद भीष्मराज आङदेम्बेले सुनसरी–सिरहा घटनाको सत्य तथ्य र न्यायिक छानविनका लागि संसदीय छानविन समितिको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद आङदेम्बेले सुनसरी र सिरहामा गोली नै चलाउनु पर्ने अवस्था सरकारका लागि किन आयो भन्दै प्रश्न समेत गरेका छन् । उनले यसका विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने र घटनाको जिम्मा लिनु पर्ने बताएका छन् ।


उनले विपत व्यवस्थापनको पक्षमा सरकार निकै सुस्त गतिमा रहेको समेत बताएका छन् । बैसाख २३ गतेको बाढी पहिरोले इलामको मेची राजमार्ग अवरुद्ध रहेको बताउँदै उनले जेठ ८ गते पाँचथरको याङबरक गाउँपालिका २ र ३ मा बाढीपहिरो गएको पनि जानकारी गराए । उनले बाढी पहिरोले घर र पुल बगाएको भन्दै उनले पाँचथर फालेलुङमा पनि भीषण पहिरो भएको बताएका छन् । यस घटनाका बारेमा सभामुखलाई नै भेटेर सरकारको ध्यानाकर्षण समेत गराइसकेको उनले बताएका छन् । उनले विपत पूर्व जानकारी दिएर नआउने बताउँदै प्रश्न गरे, ‘सरकारले ठूलो विपत आइसकेपछि मात्र तयारी गर्न खोजेको हो ? कि सरकारको केहि तयारी छ ?’

सरकारले सुकुमबासी बसिरहेको बस्ती अमानवीय तरिकाले हटाएको पनि बताएका छन् । अहिलेसम्म उनीहरुको सरकारले व्यवस्थापन गर्न नसकेको उनले बताएका छन् । सुकुमबासी बस्ती हटाउन राज्यको कुनै विवेक र विधि नभएको बताउँदै केवल सनक र बल मात्र देखिएको उनले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ ...
: नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे ...
: पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई फक्राउ गरेको छ । प्रहरीले लागूऔषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडी पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार,बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप ...
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे । उनले यस पटक सुनसरी–सिरहाको घटनामा त्यहि देखिएको बताउँदै उनले ...
: सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट ...