मुख्य समाचार
भुक्तानीको कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
भुक्तानीको कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख घुससहित नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई पक्राउ गरेको छ। सेवाग्राहीबाट १ लाख घुस लिइसकेको अवस्थामा तामाङलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा बालाजु क्षेत्रबाट तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार विशेष अदालतको आदेशबाट घुस रिसवत भ्रष्टाचारसम्बन्धी कसूरमा म्याद थप भइ अनुसन्धान भइरहेको छ।

भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै घुस माग गरेको आरोप उनीमाथि छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रहरीले तीन महिनाको अवधिमा हात हतियारसम्बन्धी मुद्दामा देशभरबाट ८४ जनालाई पक्राउ गरेको छ । प्रहरीले गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको हो । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ ...
: नेकपा एमालेका सांसद गुरु बरालले सुनसरीलगायतका घटनामा पीडित परिवारसँग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् । उनले गृहमन्त्रीले मृतकहरूका परिवारलाई भेटेर सहमति गरे पनि उनीहरूको मनलाई जित्न नसकेको उल्लेख गरे ...
: पर्साको बिन्दवासिनीबाट प्रहरीले पीकअप गाडीमा तस्करी गर्न लागिएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एकजनालाई फक्राउ गरेको छ । प्रहरीले लागूऔषधको तस्करीमा प्रयोग गरिएको पीकअप गाडी पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार,बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप ...
: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले देशमा ठूलो संकट टरेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद खरेलले संकटका बेला सबै नेपाली एक ठाउँ आउने विगतदेखिकै इतिहास रहेको बताउँदै उनले पछिल्लो समय तराई–मधेसमा देखिएको समस्या सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरेको दावी गरे । उनले यस पटक सुनसरी–सिरहाको घटनामा त्यहि देखिएको बताउँदै उनले ...
: सोलुखुम्बुमा आफ्नै हजुरबुबाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आफ्नै हजुरबुबा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या आरोपमा प्रहरीले सोलुदुधकुण्ड नगरपालिका–१ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट ...