मधेस घटना हेर्दाखेरि धेरै कमजोरी देख्या छु। अहिले मधेसको छोराले गर्नुपर्ने काम गर्नुभएन प्रधानमन्त्रीको कुर्सीमा बसेर। तर, के छ भने अझ धेरै समय बाँकी छ। ६ दिनपछि बोल्नुभयो। मधेसको समृद्धि कसरी प्राप्त हुन्छ भन्ने पनि खोज्नु पर्यो नि ! कुरो गरेर मात्र हुन्छ ?
मधेसलाई सबैले बुझ्नुपर्छ। हाम्रै देश हो, हाम्रै ‘टेरिटोरी’ हो। त्यहाँका मान्छे हाम्रै मान्छे हुन्, नेपाली हुन्। जुन दिन यो कुरा यति ‘मिनिमम’ बुझ्दिनु हुन्छ, धेरै कुराको निवारण त्यसैबाट सुरु भइहाल्छ। अहिले सुन्नुभो नागरिकताबारे ।
मधेसमा जानुस् तपाईंको नागरिकता लिन। यदि मधेसी अनुहार भो भने त ५० किसिमका कुरा गर्छ जिल्ला प्रशासन कार्यालय पनि। त्यसपछि दिन्छ। कति खोजबिन गर्ने त ०६२–६३ को नागरिकता ? नागरिकताको ‘हिस्ट्री’ धेरै ठूलो छ। उखान के भन्छ भने– ‘बेवाय जसको गोडा खुट्टामा आउँदैन त्यसले दुःख बुझ्दैन, बेवायले कति दुःख दिन्छ।’ बेवायको सपना मधेसी नेपाली। ‘जाके पैर न फटे बेवाई सोका जाने पीर पराई।’ तर बुझ्नु पर्छ पिर के रहेछ। हामी कहाँ नागरिकता जन्मसिद्ध लिया छ भने उसको छोराछोरीले वंशज पाउन धेरै गाह्रो थियो।
यो सम्पूर्ण तथ्य अहिले मन्थन गरिराख्या छौं। समुद्र मन्थन पनि समुद्रमा गएर गरियो, कुनै पर्वतमा चढेर गरिएन। यो मन्थन गर्नुपथ्र्यो हामीले मधेसमा गएर। अनि मन्थन थाहा हुन्छ। काठमाडौंमा मन्थन गर्छौं के थाहा मधेसीलाई के गर्नु भो ? अमृत निकाल्नु भो कि काली झरै झर निकाल्नु भो ? थाहै हुन्न।
मधेस घटना भएयता प्रधानमन्त्रीलाई दुई चोटी कोसिस गरेँ भेट्न, व्यक्तिगत, पार्टीगत त भएको छैन।
तपाईंहरूको कुकर्म गन्ती गर्नुहुन्न। अनि अहिले बालेन शाहको जिउमा टाउको राखेर रोएर हुन्छ ? आफू सम्झिनुस् कहाँ के हो ? बालेनबारे त समयले बताउला, मधेसीको छोरा हो कि कसको छोरा ?
संविधान संशोधनको कुरामा उहाँले प्रतिनिधि माग्नुभयो, पार्टीले मलाई पठायो। त्यहाँ शीर्षक नै ‘संविधान संशोधन बहसपत्र तयार गर्ने’ रहेछ।उहाँहरूलाई पटक–पटक भनेँ, ‘संविधान संशोधन अलग प्रसंग, बहसपत्र भन्या त अलग प्रसंग। तपाईंहरूले संशोधन गर्न खोज्या हो वा बहस गर्न ? बताइदिनुस् कि यसलाई सबै हटाइदिनुस्। अरू कसैले सच्याएर त हुँदैन। हामीलाई एकचोटी भेट गराइदिनुस् प्रधानमन्त्रीसँग। प्रधानमन्त्रीको चिफ एडभाइजरले दुई दिनको समय पनि लिनुभयो। हाम्रो भेट त छोड्दिनुहोस् कहाँ हो कहाँ, उहाँले भन्नुभयो, अब तपाईंहरूलाई सहमति–असहमति जनाउनुस्।’
त्यसपछि यो घटना भयो, त्यसमा पनि हामीले वक्तव्य निकाल्यौं। भन्यौं, ‘इमिडिएट प्रधानमन्त्रीले वक्तव्य दिनुपर्छ र एकचोटी मधेसी नेताहरूलाई बोलाएर कुरा गर्नुपर्छ।’ अब त्यो कुरा सायद रविजीले बोलाएर गर्नुभयो र रविजीको प्रयासबाट मधेसी नेताहरू पनि गए। खुसी भएरै आएको देखेँ टेलिभिजनमा। रमाइलो लाग्यो।’
सजिलो रहेछ जहाँ देशको राजनीति हैन, एकचोटी प्रधानमन्त्रीसँग भेट्दा यति खुसी भए कि मधेसका नेताहरू। त्यो भेटघाट गरेरै पुग्ने बाटोमा रहेछ। अस्ति एक नेतालाई पार्टीमा यसै के भन्या थियौं भने, जनताले त मधेसीको छोरा भनिकन भोट दियो। तपाईंहरूलाई पनि जताततै हेर्छु, मधेसीको छोरा पहिलोपटक भएको छ भन्दै। तपाईंहरूको कुकर्म गन्ती गर्नुहुन्न। अनि अहिले बालेन शाहको जिउमा टाउको राखेर रोएर हुन्छ ? आफू सम्झिनुस् कहाँ के हो ? बालेनबारे त समयले बताउला, मधेसीको छोरा हो कि कसको छोरा ? एकचोटी भोट पाउँदैमा सबै कुरा पायौं भन्ने त होइन नि !
मधेस घटना हेर्दाखेरि धेरै कमजोरी देख्या छु। अहिले मधेसको छोराले गर्नुपर्ने काम गर्नुभएन प्रधानमन्त्रीको कुर्सीमा बसेर। तर, के छ भने अझ धेरै समय बाँकी छ। ६ दिनपछि बोल्नुभयो। मधेसको समृद्धि कसरी प्राप्त हुन्छ भन्ने पनि खोज्नु पर्यो नि ! कुरो गरेर मात्र हुन्छ ?
मधेसमै अन्नको भण्डार छ। अब अहिले हेर्ने हो भने कसैको एक बिगाहा जग्गा होला भने १० ठाउँमा छ। एक कठ्ठा यहाँ, डेढ कठ्ठा त्यहाँ, एक धुर यहाँ। त्यस्तोमा खेती हुन्छ ? यान्त्रिक प्रयोग हुन सक्छ ? एक कठ्ठा जमिन भएको गरिबकोमा अहिले धनीको छोरो ट्र्याक्टर जोत्न जान्छ र त्यही धनीका छोराले जोतिदिएको घण्टा, ट्र्याक्टरको घण्टे ज्याला लिएर फर्किन्छ। त्यो गरिब त फेरि पनि गरिबै रह्यो नि त, ट्र्याक्टर किन्न उसले अझै पनि सकेको छैन। मधेसमा समृद्धि आउँछ, मधेसमा आएन भने पहाडमा कसरी आउँछ ?
- अन्नपूर्ण डाइलगमा संविधानविद् लक्ष्मणलाल कर्णको धारणा