मुख्य समाचार
स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

: धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार डोजरको सहायताले पहिरो पन्छाइएपछि करिब दुई घण्टापछि राजमार्गमा सवारी आवागमन पुनः सुचारु गरिएको हो।

पहिरोका कारण रोकिएका सवारी साधनहरू राजमार्ग खुलेसँगै गन्तव्यतर्फ सञ्चालन हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ पारित गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालय अन्तर्गत राख्नुपर्ने प्रस्तावलाई अस्वीकृत गर्दै प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने साविकको व्यवस्था जगाउदै बहुमतले उक्त विधेयक पारित ...
: सल्यानमा एक १४ बर्षीया किशोरीलाई जब्बरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक प्रौढ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दार्मा गाउँपालिका–४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्रबहादुर चन्दलाई सोमबार बिहान पक्राउ गरेको हो । रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट ...
: सशस्त्र प्रहरी बलको इन्टलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । सो क्षेत्रमा लागुऔषध भण्डारण तथा बेचविखन भईरहेको भन्ने विषेश सूचनाको आधारमा एपीएफ इन्टलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुबर्ण थापा र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपराह्न लागूऔषध ब्राउन सुगरसहित ४ ...
: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रतिनिधिसभाका सांसद भीष्मराज आङदेम्बेले सुनसरी–सिरहा घटनाको सत्य तथ्य र न्यायिक छानविनका लागि संसदीय छानविन समितिको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद आङदेम्बेले सुनसरी र सिरहामा गोली नै चलाउनु पर्ने अवस्था सरकारका लागि किन आयो भन्दै प्रश्न समेत गरेका छन् । उनले ...
: बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ। सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो। छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको ...