। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।
‘सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ उनी भन्छन्, ‘यसबारे सरकारले चित्बुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ ।’
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्षति भएको सम्पत्तिको एकीन गरी क्षतिपूर्तिको व्यबस्था गर्न पनि सरकारको ध्यानाकर्षण गरे ।
‘हाम्रो स्पष्ट माग छ, यस घटनाको सत्यतथ्य, निष्पक्ष र विश्वशनीय छानबिनका लागि न्यायीक छानविन समिति गठन गर्नुपर्छ भन्ने माग गर्दछु’ उनले भने ।