मुख्य समाचार
आङ्देम्बेले भने- सुकुमवासी बस्तीबाट ११ हजारभन्दा बढी नागरिक विस्थापित भए
आङ्देम्बेले भने- सुकुमवासी बस्तीबाट ११ हजारभन्दा बढी नागरिक विस्थापित भए

। भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

उक्त प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट विस्थापित नागरिकको संख्या समेत संसद्मा प्रस्तुत गरेका छन् ।




‘सरकारी तथ्याङ्कअनुसार छोटो अवधिमै २ हजार ६१६ घरधुरीका ११ हजारभन्दा बढी नागरिक विस्थापित भए,’ आङ्देम्बेले भने, ‘प्रारम्भमा सातवटा होल्डिङ सेन्टरमा ३८८ परिवारका करिब एक हजार ४८८ जना राखिए ।’

प्रशासनले १० देखि १५ दिनभित्र उचित बसोबासको व्यवस्था गर्ने भनेको बताउँदै उनले अगाडि भने, ‘तर, दुई महिनाभन्दा बढी समय बित्दा पनि स्थायी समाधान आएन ।’


सरकारले बस्तीबाट नागरिकलाई निकालेर होल्डिङ सेन्टरमा राखेको र त्यसपछि प्रतिपरिवार २५ हजार रुपैयाँ दिएर पाँच दिनभित्र आफ्नो व्यवस्था आफैँ गर्न भनेको प्रशंग उनले संसद्मा सुनाए ।

‘तर, जसको नागरिकता मिलेन, जसको बैंक खाता थिएन, जसको विवरण फरक पर्‍यो । उनीहरूले रकम पाएनन् । रकम नपाउनेको समस्या समाधान गर्नुपर्नेमा खाना बन्द गरियो,’ आङ्देम्बेले भने, ‘कोठा नपाएका परिवारलाई कोटेश्वर, बालाजुजस्ता चोकसम्म पुर्‍याएर छाडियो ।’

राज्यले नागरिकलाई ‘सुरक्षित ठाउँ’मा पुर्‍याउने भन्दै असुरक्षित पारेको उनले बताए । ‘बाढीबाट जोगाउन भनेर कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा राखिएका नागरिक त्यहाँ फेरि बाढीमा परे’, उनले भने । राधास्वामी होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई राति उद्धार गरेर अर्को ठाउँमा सार्नुपरेको उनले स्मरण गराए ।

‘नागरिकता, औषधि, लत्ताकपडा र बालबालिकाका पुस्तक तथा कापी पानीमा डुबे,’ उनले भने, ‘परिवारलाई फेरि खरिपाटी र बोडेतर्फ सारियो । तर, बालबालिकाको विद्यालय थापाथली र शान्तिनगरमा थियो । विद्यालय पुग्ने यातायातको व्यवस्था थिएन । एउटा बच्चाले आफ्नो घर, पुस्तक र विद्यालय जाने बाटो गुमायो ।’

घर भनेको जस्तापाता र इँटा मात्र नभई घरसँग विद्यालय, रोजगारी जोडिएको हुने उनले स्मरण गराए । बिरामीको उपचार, परिवारको सुरक्षा र सम्मानबारे सरकारले ख्याल नै नराखेको उनले बताए ।

‘सरकारले मनोहरा बस्ती खाली गर्न दुई दिनको समय दिएको थियो । तर, परिवार अब कहाँ जाने, बिरामी आमाबुबा र श्रीमतीलाई कसरी पाल्ने भन्ने चिन्ताले १९ वर्षीय रविन तामाङलाई थिच्दै लग्यो । बस्तीमा डोजर चल्नुअघि नै उनी आफ्नै घरको शौचालयमा मृत फेला परे,’ संसद्मा आङ्देम्बेले सुनाए ।

यस्तै, बल्खुमा जीवनभर फलफूल मण्डीमा भारी बोकेर परिवार पाल्दैआएका ६१ वर्षीय इन्द्रबहादुर राई ‘घर भत्किएको हेर्न नसक्ने’ भन्दै निस्किएर मृत पेला परेको विषय पनि उनले संसद्मा सुनाए ।

यस्तै, थापाथलीबाट विस्थापित भएका ३६ वर्षाीय भेषराज दर्जीको समयमा स्वास्थ्य उपचार नपाएका कारण ज्यान गएको पनि उनले दाबी गरे ।

‘यो कुनै नाटकको स्क्रिप्ट होइन, सुकुमवासी नागरिकलाई राज्यले गरेको व्यबहारको सत्यता हो’, आङदेम्बेले भने, ‘दीर्घरोगी नागरिकलाई समयमै उपचार, नियमित औषधि र रोगअनुकुल पौष्टिक आहार उपलब्ध गराउनुपर्नेमा राज्यले कस्तो व्यवहार गरेको छ ? गम्भिर प्रश्न हो ?’

डोजरको त्रास, योजनाविहीन विस्थापन, मानसिक आघात, उपचारको अभाव र होल्डिङ सेन्टरको कमजोर व्यवस्थापनले यी घटना भएको उनले दाबी गरे ।

‘डोजरले टहरा मात्र भत्काएको छैन । कसैको बाँच्ने भरोसा भत्काएको छ, कसैको परिवारको सहारा खोसेको छ र कसैलाई बिरामी अवस्थामा न्यूनतम उपचार तथा स्याहारसमेत नपाउने ठाउँमा पुर्‍याएको छ’, आङ्देम्बेले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक सहायता परिचालनमा सरकार कमजोर देखिएको छ । अर्थ मन्त्रालयका अनुसार एक वर्ष अवधिमा सरकारले १ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्राप्ति गरेको छ । जुन लक्ष्यको ४५.६६ प्रतिशतमात्र हो । यस आवमा सरकारले वैदेशिक ऋण र अनुदान गरी कुल २ खर्ब ८७ अर्ब ११ करोड बराबर ...
। हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीका ...
। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । ‘सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ उनी भन्छन्, ‘यसबारे सरकारले चित्बुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ ।’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्षति भएको सम्पत्तिको एकीन ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले शक्ति केन्द्रीकरणले लोकतन्त्रमा विकृति ल्याउने तर्क गरेका हुन् । सांसद केसीले शक्तिले भ्रष्ट ...
। नेपाली कांग्रेसले सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई तत्काल कम्तीमा पाँच वटा सुविधा दिन माग गरेको छ । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले काठमाडौं उपत्यकाका सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई सुविधा उपलब्ध हुने गरी सरकारसँग विभिन्न पाँच वटा माग राखेका हुन् ...