मुख्य समाचार
कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रकुमार मेहताका परिवारले पूर्वसहमतिअनुसार नै राज्यका तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको
कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रकुमार मेहताका परिवारले पूर्वसहमतिअनुसार नै राज्यका तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको

। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रकुमार मेहताका परिवारले पूर्वसहमतिअनुसार नै राज्यका तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

उपचारका क्रममा मंगलबार देवानगञ्ज–३ का २१ वर्षीय मेहताको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् । कप्तानगञ्ज क्षेत्रमा प्रदर्शन भइरहेको छ ।

आफन्तले शव नबुझेपछि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले अपिल जारी गर्दै सरकारले पूर्वसहमतिअनुसार नै राहत र सहायता उपलब्ध गराउने बताएका हुन् ।

प्रशासनको अपिलमा संयमता अपनाउन सबै पक्षलाई आग्रह गरिएको छ ।


१० साउनमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये देवानगञ्ज– ४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो ।

यस्तै, देवानगञ्ज– ३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा गत बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग सहिद घोषणा गर्ने, १० लाखका दरले सहायता उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने, स्थानीय पालिकासँगको समन्वयमा स्मृति पार्क बनाउनेलगायत सात बुँदे सहमति गरेका थिए ।

यस्तै, गम्भीर घाइते रहेका रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालमा उपचारका क्रममा उनको बायाँ खुट्टा काटिएको थियो । तर, उपचारकै क्रममा उनले मंगलबार ज्यान गुमाएका हुन् ।

उनको मृत्युपछि कप्तानगञ्जमा स्थानीयले शहीद घोषणा गर्नुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंमा मृतकका आफन्तले गृहमन्त्री सुधन गुरुङबाट आश्वासन खोजिरहेका छन् । यो घटनामा गोली लागेर घाइते भएका अन्य ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक सहायता परिचालनमा सरकार कमजोर देखिएको छ । अर्थ मन्त्रालयका अनुसार एक वर्ष अवधिमा सरकारले १ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्राप्ति गरेको छ । जुन लक्ष्यको ४५.६६ प्रतिशतमात्र हो । यस आवमा सरकारले वैदेशिक ऋण र अनुदान गरी कुल २ खर्ब ८७ अर्ब ११ करोड बराबर ...
। हुलाकी राजमार्गअन्तर्गत सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीमा मोटरसाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पकरीबाट गएराति बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीका ...
। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । ‘सुनसरी, सिरहा, धनुषा र पर्सालगायतका जिल्लाहरूमा भएका घटना र त्यसक्रममा सरकारले नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ उनी भन्छन्, ‘यसबारे सरकारले चित्बुझ्दो जवाफ दिनुपर्छ र घटनाको जिम्मा लिनुपर्छ ।’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले क्षति भएको सम्पत्तिको एकीन ...
। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले शक्ति केन्द्रीकरणले लोकतन्त्रमा विकृति ल्याउने तर्क गरेका हुन् । सांसद केसीले शक्तिले भ्रष्ट ...
। नेपाली कांग्रेसले सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई तत्काल कम्तीमा पाँच वटा सुविधा दिन माग गरेको छ । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले काठमाडौं उपत्यकाका सुकुमवासी बस्तीबाट हटाइएकाहरूलाई सुविधा उपलब्ध हुने गरी सरकारसँग विभिन्न पाँच वटा माग राखेका हुन् ...