मुख्य समाचार
माइक्रोसफ्टले होटलका वाइफाइ नेटवर्क प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी
माइक्रोसफ्टले होटलका वाइफाइ नेटवर्क प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी

। माइक्रोसफ्टले होटलका वाइफाइ नेटवर्क प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिएको छ। रुस समर्थित ह्याकरहरूले होटल तथा सार्वजनिक ठाउँका वाइफाइ नेटवर्कलाई निसाना बनाइरहेका छन्। माइक्रोसफ्ट थ्रेट इन्टेलिजन्सका अनुसार यो आक्रमणमा ‘स्टोर्म-२९४५’ नामको ह्याकिङ समूह संलग्न छ।

ह्याकरहरूले होटेल, विमानस्थल वा सम्मेलन हुने ठाउँका वाइफाइमा लगइन गर्दा देखिने ‘क्याप्टिभ पोर्टल’को दुरुपयोग गरिरहेका छन्। प्रयोगकर्ताहरू वाइफाइमा कनेक्ट हुन खोज्दा उनीहरूलाई विभिन्न नक्कली अपडेट वा सेक्युरिटी फाइल डाउनलोड गर्ने मेसेज देखाइन्छ।

प्रयोगकर्ताको स्क्रिनमा विन्डोज अपडेट, विन्डोज सेक्युरिटी भाइरस स्क्यान, ब्राउजर अपडेट वा गुगलको ‘वेरिफाई इट इज यु’ जस्ता नक्कली विन्डोहरू आउन सक्छन्। यस्ता फाइल वा अपडेटमा क्लिक गर्दा प्रयोगकर्ताको डिभाइसमा भाइरस प्रवेश गर्छ।

डिभाइसमा भाइरस छिरेपछि ह्याकरहरूले ब्राउजर कुकिज, पासवर्ड र महत्त्वपूर्ण कागजातहरू चोर्छन्। उनीहरूले प्रयोगकर्ताको माइक्रोसफ्ट ३६५ एकाउन्ट, इमेल र वानड्राइभसम्म पहुँच पुर्‍याएर डिभाइसलाई टाढैबाट नियन्त्रण गर्न सक्छन्।


ह्याकिङको यो खतराबाट जोगिन माइक्रोसफ्टले प्रयोगकर्तालाई होटेल, विमानस्थल वा सार्वजनिक ठाउँको वाइफाइको सट्टा आफ्नो मोबाइलको हटस्पट वा प्राइभेट नेटवर्क प्रयोग गर्न अनुरोध गरेको छ । त्यस्तै सार्वजनिक वाइफाइमा कनेक्ट गर्दा आउने जुनसुकै पप-अप मेसेज वा फाइल डाउनलोड गर्ने अनुरोधलाई स्वीकार गर्नु नहुने बताएको छ।

क्याप्टिभ पोर्टल वा शंकास्पद वेभसाइटबाट ब्राउजर अपडेट, सेक्युरिटी टुल वा सफ्टवेयर अपडेट डाउनलोड गर्नु हुँदैन। सार्वजनिक नेटवर्क प्रयोग गर्दा आफ्नो डिभाइसमा देखिने अनौठा गतिविधि वा लगइन स्क्रिनमा विशेष ध्यान दिनुपर्छ। ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
। एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् । शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम