मुख्य समाचार
मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न
मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न

। रास्वपा सांसद अमरेशकुमार सिंहले मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राज्यले प्रहरीलाई बन्दुकको गोलीमा भन्दा पनि लाठि र अश्रुग्याँसमा लगानी किन नगरेको ? भन्दै प्रश्न गरेका हुन् ।

‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदा गोली मात्रै किन चल्छ ? लाठि किन चल्दैन ? टियरग्यास किन चल्दैन ?,’ उनले भनेका छन्, ‘प्रहरीलाई कसैले ढुंगा हान्यो भने उसले गोली हान्छ । किनभने उसलाई टियर ग्यास र लाठ्ठी दिइएको छैन ।’

साथै, उनले मधेशलाई पछि पार्ने, गरिब बनाउने र गोली चलाइहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।


‘सरकारसँग आग्रह गर्न चाहन्छु, टियरग्यास र लाठिको व्यवस्था गरोस् । मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र केही भयो भने गोली ठोक्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । किनभने मधेशले धेरै सहन सक्दैन,’ सांसद सिहले भने ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सद्भावकोलागि आम समुदायलाई अपिल गरे ।

अनि उनले अगाडि भने, ‘आजको आवश्यकता गरिबीसँग लड्ने, त्यो पिछडिएको पनसँग लड्ने हो, असमानतासँग लड्ने हो, समुदाय समुदाय बीच लड्ने समय होइन ।’

सुनसरी घटनाको सन्दर्भमा पार्टी सभापति रवि लामिछानेले सर्वदवलीय बैठक राखेको भनेर धन्यवाद दिए ।

आफू त्यही भूगोल त्यही समुदायको सांसद भएको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्रीले पनि ढिलै भएपनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो त्यो पहिला वास्तवमा गर्नुपर्ने थियो । गर्नुभयो ।’

यसपछि उनले मधेशलाई हेर्ने नजरकै विषय उठाए ।

‘म २०६३ सालदेखि सांसद छु । मेरो प्रश्न राज्यसँग छ । कि मधेसमा जहिले पनि केही समुदायको होस् त मधेस आन्दोलन थरुहट आन्दोलन होस् त्यहाँ गोली मात्रै किन चल्छ ?’ उनले प्रश्न गरे, ‘लाठी किन चल्दैन ? टियर ग्यास किन चल्दैन ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आन्तरिक वायुसेवा कम्पनीका जहाज दुर्घटनापछि यात्रुले पाउने क्षतिपूर्ति रकम वृद्धि प्रस्ताव गरी तयार भएको विधेयकको मस्यौदा प्रक्रिया सुरु भएको ६ वर्षपछि संसद् पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । सोही विधेयकले हवाई यात्रुको अधिकार संरक्षण गरेको छ । दुर्घटनाबाट यात्रुलाई ...
। हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा नयाँ सरकार गठनको तयारी भइरहेको बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हानेपालाई सरकारमा सामेल गराएका हुन् । यसअघि भौतिक पूर्वाधारमन्त्री बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन्। मुख्यमन्त्री बानियाँकै निर्देशनमा पौडेललाई राजीनामा गराएर हानेपालाई ...
। दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्सट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का, ...
। प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले धनकुटा नगरपालिका वडा नं. १ हिले क्याम्पस नजिक सडकमा शंकास्पद रुपमा हिँडिरहेका व्यक्तिलाई जाँच गर्ने क्रममा खैरो हेरोइन बरामद गरेको हो । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका वडा नं. ७ मुगा टोल ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा नपाइने तर महँगो मूल्य तिरे निजी क्लिनिकमा पाइने भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् । उनले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएकी हुन् । ‘मलाई एउटा कुरा अलि अचम्म पनि लाग्यो । सरकारी अस्पतालहरूमा रेबिज विरुद्धको खोपको हाहाकार छ तर त्यही खोप अलिकति महँगो मूल्य तिर्दा निजी ...