मुख्य समाचार
सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन्
सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन्

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलपल गरेर नै सडक विस्तारको काम भएको उनले बताएका छन् ।

‘…उक्त कार्य सम्पन्न गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेटको ढिलाइ भएको कारण प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो,’ पाण्डेले भनेका छन्, ‘तर त्यसपश्चात् नेपाली सेनाका प्रमुख सेनानीज्यूसँग आपसी समन्वय र छलफल सम्पन्न भई नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा उक्त सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको जानकारी गराइन्छ ।’

उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको पनि उनले बताएका छन् ।


मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पनि सांसद पाण्डेले करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमा नै जानकारी नभएर केहि समय समन्वयमा अभाव देखिएको भन्दै केही समयपछि नै सेनासँग मिलेर करिडोर विस्तार गरिएको जिकिर गरे ।

चुनावी अभियानका क्रममा स्थानीय जनताले राखेको माग अनुसार अधिकार सम्पन्न बागमती, केभिडिए र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर बाटो खोलिएको उनले बताएका छन् ।

सांसद पाण्डेले करिडोर खोल्ने क्रममा त्यहाँ नेपाली सेनाको टुकडी छ भन्ने थाहा पाएपछि समन्वय गर्नलाई अधिकार सम्पन्न बागमतीको अध्यक्षलाई जिम्मा दिइएको उल्लेख गरेका छन् ।

बाहिर आएका भिडियोहरु समन्वय गर्न केहि मिनेट ढिलाई भएको अवस्थाको रहेको उनको भनाइ छ । त्यसपछि भने नेपाली सेनासँग मिलेर नै करिडोर खुलाइएको उनले बताए ।

‘वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाहरूबिच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत गर्ने कार्यबाट सबैमा संयमता अपनाइदिन हार्दिक अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्सट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का, ...
। प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित एक जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले धनकुटा नगरपालिका वडा नं. १ हिले क्याम्पस नजिक सडकमा शंकास्पद रुपमा हिँडिरहेका व्यक्तिलाई जाँच गर्ने क्रममा खैरो हेरोइन बरामद गरेको हो । पक्राउ पर्नेमा पाख्रिबास नगरपालिका वडा नं. ७ मुगा टोल ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा नपाइने तर महँगो मूल्य तिरे निजी क्लिनिकमा पाइने भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् । उनले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएकी हुन् । ‘मलाई एउटा कुरा अलि अचम्म पनि लाग्यो । सरकारी अस्पतालहरूमा रेबिज विरुद्धको खोपको हाहाकार छ तर त्यही खोप अलिकति महँगो मूल्य तिर्दा निजी ...
। सरकारले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष प्रश्तुत गरेका हुन् । नेपालको संविधानको व्यवस्थाबमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसद्मा पेश गर्ने ...
। नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिका लागि कार्यविधि बनाएको छ । कांग्रेस संसदीय दलले संघीय संसद्का दुवै सदनका सांसदहरूका लागि स्वकीय सचिव नियुक्त गर्न ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि २०८३’ बनाएको हो । संघीय सांसदलाई संसदीय अध्ययन, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधित्व र निर्वाचन क्षेत्र समन्वयलगायतका कार्यमा प्रभावकारी सहयोग पुर्‍याउन स्वकीय ...