मुख्य समाचार
धुलिखेलमा नि:शुल्क अनुवाद कार्यशाला हुँदै, आवेदन दिने समय २४ गतेसम्म
धुलिखेलमा नि:शुल्क अनुवाद कार्यशाला हुँदै, आवेदन दिने समय २४ गतेसम्म

। काठमाडौं विश्वविद्यालय (केयू) ले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा आगामी भदौ २६ देखि २८ सम्म तीन दिने अनुवाद कार्यशाला आयोजना गर्न लागेको छ । काठमाडौं विश्वविद्यालयको भाषा तथा जनसञ्चार विभाग र सिकागो विश्वविद्यालय अन्तर्गतको साउथ एसियन लिटरेचर इन ट्रान्सलेशनले यो कार्यशाला आयोजना गरेका हुन् ।

कार्यशालाका लागि आवेदन दिने समय साउन २४ गतेसम्म तोकिएको छ । कार्यशालामा जम्मा २४ सिट उपलब्ध छन् । कविता र गद्य अनुवादमा रुचि राख्ने नेपाली वा दक्षिण एसियाका कुनै पनि भाषाबाट अंग्रेजीमा अनुवाद गर्ने व्यक्तिहरूले कार्यशालामा आवेदन दिन सक्नेछन् ।




छनोट भएका सहभागीहरूले धुलिखेलमा हुने ३ दिनको प्रत्यक्ष सत्रमा अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ । निःशुल्क रहेको यस कार्यशालाले आवश्यकताका आधारमा सहभागीहरूलाई यात्रा खर्च र आवास उपलब्ध गराउनेछ । आवेदकहरूले अनुवादको नमुना, आफ्नो अनुवाद शैली, र कार्यशालाप्रतिको रुचि व्यक्त गर्ने विवरण पेस गर्नुपर्नेछ ।

कार्यशालामा अन्तर्राष्ट्रिय बुकर पुरस्कार विजेता डेजी रकवेल र दीपा भस्थीसहित विश्वप्रसिद्ध अनुवादकहरूको सहभागिता हुनेछ । साथै, अनुवादक जेसन ग्रनबाम र ड्यानियल हान पनि कार्यशालामा रहनेछन् ।


यो नेपालमा आयोजना भएका अनुवाद कार्यशालामध्येको सबैभन्दा भव्य कार्यशाला भएको काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक तथा आयोजक टोलीका सदस्य दिनेश काफ्लेले बताए । यसअघि यस्तै कार्यशाला पाकिस्तान र श्रीलंकामा समेत आयोजना भइसकेको छ ।

आवेदन फारम केयूको वेबसाइट र सामाजिक सञ्जालका आधिकारिक पेजहरूमार्फत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले रेबिजविरुद्धको खोप सरकारी अस्पतालमा नपाइने तर महँगो मूल्य तिरे निजी क्लिनिकमा पाइने भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् । उनले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएकी हुन् । ‘मलाई एउटा कुरा अलि अचम्म पनि लाग्यो । सरकारी अस्पतालहरूमा रेबिज विरुद्धको खोपको हाहाकार छ तर त्यही खोप अलिकति महँगो मूल्य तिर्दा निजी ...
। सरकारले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२ प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सभासमक्ष प्रश्तुत गरेका हुन् । नेपालको संविधानको व्यवस्थाबमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसद्मा पेश गर्ने ...
। नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिका लागि कार्यविधि बनाएको छ । कांग्रेस संसदीय दलले संघीय संसद्का दुवै सदनका सांसदहरूका लागि स्वकीय सचिव नियुक्त गर्न ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि २०८३’ बनाएको हो । संघीय सांसदलाई संसदीय अध्ययन, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधित्व र निर्वाचन क्षेत्र समन्वयलगायतका कार्यमा प्रभावकारी सहयोग पुर्‍याउन स्वकीय ...
। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले)ले सरकारसँग जवाफ माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल डे«स लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् । उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रकुमार मेहताका परिवारले पूर्वसहमतिअनुसार नै राज्यका तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । उपचारका क्रममा मंगलबार देवानगञ्ज–३ का २१ वर्षीय मेहताको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् । कप्तानगञ्ज क्षेत्रमा प्रदर्शन भइरहेको छ । आफन्तले शव नबुझेपछि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले अपिल जारी गर्दै ...