मुख्य समाचार
एन्फा निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद भइरहेको छ : मन्त्री पोखरेल
एन्फा निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद भइरहेको छ : मन्त्री पोखरेल

। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मीसँगको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको बताएका हुन् ।




‘बाहिर हेर्दा सरकारले केही गरेको छैन जस्तो पनि लाग्न सक्छ, म मन्त्री भएको हैसियतले फिफासँग निरन्तर कुरा भइरहेको छ र हामी एउटा बाटोतर्फ जाँदै छौं’ मन्त्री पोखरेलले भनेका छन् ।

‘अब हुन लागेको साफ च्याम्पियनसिप फुटबल मिस नहुने हिसाबले तयारी गरिरहेका छौं, त्यो खेलाडीको अधिकार हो’ मन्त्री पोखरेलले थपे ।


उनले अब आउने एन्फाको नेतृत्वमा खेलाडी वा फुटबल बुझेको व्यक्ति हुनुपर्ने समेत बताए ।

मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफुहरूले छोटो समयमै पूरा गरेको पनि बताए ।

‘अघिल्लो सरकारबाट पुरस्कार घोषणा भएको लामो समयसम्म रकमको व्यवस्था हुन्थेन । हामी आएको चार महिना भयो, हामीले खेलाडीहरूलाई १० करोडको नगद पुरस्कार घोषणा गरेका छौं । वर्षौंसम्म नभएको काम हामीले चार महिनामै गर्न सकेका छौं । खेलाडीहरू खुसी हुनुहुन्छ’ मन्त्री पोखरेलले भने ।

यस्तै एसियन गेम्समा जाने खेलाडीहरूका लागिप यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिका लागि कार्यविधि बनाएको छ । कांग्रेस संसदीय दलले संघीय संसद्का दुवै सदनका सांसदहरूका लागि स्वकीय सचिव नियुक्त गर्न ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि २०८३’ बनाएको हो । संघीय सांसदलाई संसदीय अध्ययन, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधित्व र निर्वाचन क्षेत्र समन्वयलगायतका कार्यमा प्रभावकारी सहयोग पुर्‍याउन स्वकीय ...
। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले)ले सरकारसँग जवाफ माग गरेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल डे«स लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् । उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र ...
। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रकुमार मेहताका परिवारले पूर्वसहमतिअनुसार नै राज्यका तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । उपचारका क्रममा मंगलबार देवानगञ्ज–३ का २१ वर्षीय मेहताको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् । कप्तानगञ्ज क्षेत्रमा प्रदर्शन भइरहेको छ । आफन्तले शव नबुझेपछि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले अपिल जारी गर्दै ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनलाई थर्काएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा ‘थर्काउने शैली’मा नेपाली सेनाका अधिकारीसँग गरेको सवालजवाफ भाइरल बनेको हो । ट्रस्टको वालमा पाण्डेको अगुवाइको टोलीले डोजर चलाएपछि नेपाली सेनाले रोक्न खोजेको थियो ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गरे । साथै, अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उनको भनाइ ...