मुख्य समाचार
गुगलले गुगल हेल्थ एपको नयाँ ५.०५ भर्सन सार्वजनिक
गुगलले गुगल हेल्थ एपको नयाँ ५.०५ भर्सन सार्वजनिक

गुगलले गुगल हेल्थ एपको नयाँ ५.०५ भर्सन सार्वजनिक गरेको छ। यो अपडेट आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुन थालेको छ। विगतका केही हप्तामा आएका चार ठूला अपडेटपछि यो नयाँ अपडेट आएको हो।

यस अपडेटले आईओएस प्रयोगकर्ताका लागि विशेष सुविधा ल्याएको छ।

अब गुगल हेल्थको डेटा एप्पल हेल्थ एपमा शेयर गर्न सकिन्छ। जस्तै फिटबिट एयरबाट रेकर्ड भएका कसरत, पाइला (स्टेप्स), भाइटल्स र सुताइको डेटा एप्पल हेल्थमा सिंक हुन्छ।

यो फिचर प्रयोग गर्ने तरिका यस प्रकार छ:


आफ्नो प्रोफाइल आइकनमा ट्याप गर्ने।

त्यसपछि ‘पार्टनर एप्स’ छान्ने।

सूचीबाट ‘एप्पल हेल्थ’ छान्ने।

पहिलो पटक कनेक्काट गर्नका लागि स्क्रिनमा देखिने निर्देशनहरू पालना गर्ने।

नयाँ अनुमति थप्नका लागि ‘रिभ्यु पर्मिसन्स’ मा ट्याप गर्ने।

गुगल हेल्थलाई अनुमति दिएपछि डेटा शेयर हुन सुरु हुन्छ।

यस्तै अमेरिकामा रहेका प्रयोगकर्ताका लागि पनि नयाँ सुविधा थपिएको छ। उनीहरूले सुरक्षित ‘स्मार्ट हेल्थ लिङ्क्स’ को प्रयोग गरी आफ्ना स्वास्थ्य विवरण डाक्टर वा परिवारका सदस्यसँग शेयर गर्न सक्छन्। अस्पतालमा जाँच गराउन जाँदा यो लिंक देखाउन सकिन्छ।

स्मार्ट हेल्थ लिंक बनाउने तरिका यस प्रकार छ:

‘हेल्थ’ ट्याबमा गएर ‘मेडिकल’ सेक्सनमा थिच्ने।

‘शेरेबल रेकर्ड्स’ मा गएर ‘+’ (प्लस) बटनमा ट्याप गर्ने।

आफूले शेयर गर्न चाहेको डेटा चुनेर लिङ्क सेभ गर्ने।

सेभ भएपछि तीनवटा डट भएको आइकनमा थिचेर युआरए वा क्युआर कोड प्राप्त गर्ने।

यसैगरी फिटनेस सम्बन्धी केही समस्याहरू पनि समाधान गरिएका छन्। ‘भीओटुम्याक्स’ गणना, कसरतको म्याप र सकिएका कसरत सम्पादन गर्दा देखिने समस्याहरूलाई हटाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
। एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् । शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम