मुख्य समाचार
गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ
गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ

। गृह मन्त्रालयले हिन्दु र मुस्लिम समुदायका अगुवासँग छलफल गरेको छ । मंगलबार सिंहदबारस्थित मन्त्रालयको हलमा दुई समुदायका अगुवासँग छुट्टा छुट्टै छलफल गरिएको हो ।

गृहमन्त्री सुधन गुरुङ समेतको उपस्थितीमा पहिला हिन्दु अगुवाहरूसँग छलफल भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । त्यसपछि मुस्लिम समुदायका अगुवासँग छलफल भएको थियो ।

आजको छलफलमा दुवै पक्षका समस्या सुन्ने काम भएको छ । समस्याहरुको यकीन पहिचान गरेर यसको समाधानका बारेमा राज्यले गर्नुपर्ने कामहरुको समेत सूची ल्याउन भनिएको प्रवक्ता काफ्लेले बताए ।

अहिले दुवै पक्षले सद्भाव कायम राख्न भूमिका खेलेको र यसैगरी आगामी दिनमा पनि यसलाई कायम राख्न भनिएको छ ।


आजको छलफलमा कुनै निर्णय भने भएको छैन । थप समस्या पहिचान गरेर समाधान गर्ने गरी दुबै समुदायलाई सँगै राखेर पुनः बैठक बस्ने गरी आजको छलफल टुंगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थ समितिमा मंगलबार राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनाइएको विधेयकमाथि छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्र बैंकको संरचनाका सन्दर्भमा सञ्चालक समिति ७ जनाको उपयुक्त हुने धारणा राखे । कम्तीमा १ जना महिलासहित, ७ जना सञ्चालक समिति हुनुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधन गर्न बनाइएको विधेयकले ९ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग मिलेर नै गोकर्णस्थित बागमती करिडोर विस्तार गरिएको प्रष्ट पारेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाका प्रमुख सेनानीसँग समन्वय र छलपल गरेर नै सडक विस्तारको काम भएको उनले बताएका छन् । ‘…उक्त कार्य सम्पन्न गर्ने क्रममा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेटको ...
। काठमाडौं विश्वविद्यालय (केयू) ले सिकागो विश्वविद्यालयसँगको सहकार्यमा आगामी भदौ २६ देखि २८ सम्म तीन दिने अनुवाद कार्यशाला आयोजना गर्न लागेको छ । काठमाडौं विश्वविद्यालयको भाषा तथा जनसञ्चार विभाग र सिकागो विश्वविद्यालय अन्तर्गतको साउथ एसियन लिटरेचर इन ट्रान्सलेशनले यो कार्यशाला आयोजना गरेका हुन् । कार्यशालाका लागि आवेदन दिने समय साउन २४ गतेसम्म तोकिएको छ । कार्यशालामा ...
। विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणमा छन् । उनको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पु‍र्‍याउँदै महत्त्वपूर्ण कूटनीतिक तथा प्राविधिक विषयहरूमा हस्ताक्षर गरेको छ । विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल हुनुका साथै ‘वन हेल्थ’ अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल भेटेरिनरी एसोसिएसन, फेडेरेसन ...
। पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाबीच छलफल भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा ग्यास अभावको कारण र समाधानका लागि सम्बन्धित निकाय तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो । छलफलमा व्यवसायीले बजारमा हल्ला गरिएजस्तो ग्यास अभाव नरहेको दाबी गरे । पश्चिम एसियाको द्वन्द्वपछि आपूर्ति सहज ...