मुख्य समाचार
नागरिकमाथि गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ : रास्वपा महामन्त्री (अन्तर्वार्ता)
नागरिकमाथि गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ : रास्वपा महामन्त्री (अन्तर्वार्ता)

। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पछिल्लो समयमा भएका सुनसरी सिरहा लगायतका घटनाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्री लगायतले लिनुपर्ने बताएका छन् ।

हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा उनले लोकतान्त्रिक समाज र देशमा कुनै पनि नागरिकमाथि गोली चल्नु भनेको अप्ठेरो परिस्थिति भएकाले त्यो परिस्थितिको जिम्मेवार सबै हुने बताए ।




‘कुनै पनि देशमा नागरिकप्रति गोली चल्दै गर्दाखेरि त्यसको जिम्मेवारी त्यो देशको प्रधानमन्त्रीले पनि लिनुपर्छ, त्यो जिम्मेवारी त्यो देशको गृहमन्त्रीले पनि लिनुपर्छ, त्यसको जिम्मेवारी त्यो होल ‘चेन अफ कमान्ड’का विभिन्न अवयवमा भएका व्यक्तिहरुले पनि लिनुपर्छ’ महामन्त्री आचार्यले भने ।

उनले त्यो जिम्मेवारी लिनु भनेको राजीनामै दिनु चाहिँ नभएको बताए । ‘तर, त्यो जिम्मेवारी भनेको चाहिँ राजीनामा हो कि होइन भन्ने विषयमा चाहिँ फेरि फेरि के हुनुपर्छ? मिहिन ढंगले बहस चाहिँ हुनुपर्छ’ उनले भने,’ संरचनागत तरिकामा चाहिँ तल हुने हरेक गतिविधिहरुलाई चाहिँ, हरेक चिजलाई चाहिँ राजीनामासँग जोडियो भने संरचना कसरी फङ्सन गर्छ? त्यो पनि हेर्नुपर्‍यो । त्यसको ग्राभिटी कत्रो छ।’


पहिले रास्वपाका नेताहरू तल भएका घटनाहरूको विषयमा पनि प्रधानमन्त्री गृहमन्त्रीहरूको राजीनामा मागेको प्रसंगबारे प्रश्न गर्दा महामन्त्री आचार्यले पहिले र अहिलेको कन्टेक्स फरक रहेको बताए ।

‘हरेक चिजमा चाहिँ राजीनामा नै माग्न थालियो भने राज्य चल्न पनि त फेरि चल्दैन होला नि । पहिला किन मागिन्थ्यो ? पहिलाको ग्राभिटी के आजकै दिनको ग्राभिटी जस्तै ठूलो ग्राभिटी हो त ?’ उनले भने ।



उनले व्यक्तिगत रुपमा आफू पहिलेको बेठीक अहिलेको ठीक भन्ने पक्षमा नरहेको बताए ।

‘एउटा लोकतान्त्रिक समाजमा, एउटा प्रजातान्त्रिक देशमा, त्यो देशको नागरिकप्रति गोली चल्नु भनेको चाहिँ सबैभन्दा अप्ठ्यारो परिस्थिति हो। यो भन्नलाई मलाई कुनै पनि आपत्ति छैन’ उनले भने,’जति ठूलो ठूलो पद, नेतृत्वको जति माथिल्लो तह, जिम्मेवारी त्यति नै बढी हो नि त। जिम्मेवारी देश बनाउने व्यक्तिहरु अथवा राज्यको तह-तप्कामा रहेका व्यक्तिहरू अभियस जिम्मेवारी हुन्छ नि । म के भन्ने पक्षमा छैन भने- केही कुरा पहिला ठिक, आज आएर गलत, अथवा आज आएर त्यो पहिलाको कुरा ठिक, आज गलत भन्ने व्यक्ति नै होइन।’

उनले पछिल्ला घटनाबाट पाठ सिकेर अब त्यस्तो हुन नदिनेमा सरकार सजग रहनुपर्ने बताए । अहिले सुनसरीको घटना धुनषा भन्दा पश्चिम लागने भनेर त्यसैलाई उपलब्धी मान्ने छुट सरकारलाई नभएको उल्लेख गरे ।

‘चार महिने कार्यकालको मुल्यांकनमा ४० लाई पासमार्क मान्ने हो भने संसद् फेल’

महामन्त्री आचार्यले पछिल्लो चार महिनाको अवधिमा संसद् राम्ररी नचलेको बताए । उनले चार महिनाको अवधिको उतीर्ण नम्बर ४० मान्ने हो भने अहिलेको फेल भएको उल्लेख गरे । ‘३२ लाई पास मान्ने हो भने त पास भयो । तर ४० लाई मान्ने हो भने फेल भयो ।’

उनले अहिले संसद जसरी चलेको छ त्यसले कुनै परिणाम नल्याउने दाबी गरे ।

‘हाम्रो जुन पार्लियामेन्ट्री प्राक्टिक्स छ । यो तरिकाले चलाइयो भने यसबाट आउने आउटपुट चाहिँ राइट आउँदैन । अस्ती २ हप्तापछि पार्लियामेन्ट खुल्दा खाली थियो’ उनले भने,’अहिले चार महिनामा सांसदहरूमा उत्साह घटिरहेको छ ।’

सांसदले संसद्‌मा राखेका कुराको सम्बोधन हुने कुनै संयन्त्र नरहेको उनले बताए ।

‘संसद्‌मा बोल्दा त्यहाँ बोलेको कुरा सम्बोधन हुँदैन भने कहाँ बोलेको हुन्छ त?,’ उनले भने,’एउटा सांसदका लागि पाँच वर्षमा १५ करोड राज्यको लगानी हुन्छ । एक वर्षमा ३ करोड खर्छ हुन्छ । त्यसको आउटपुट कति आउनुपर्छ ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरेका छन् । सोमबार २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने ...
जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले नियन्त्रण नभई नियमन गर्न खोजेको स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा आयोजित ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ को कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावनाबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सचेतक परियारले परामर्श व्यवसायीहरूलाई मानव बेचबिखनको ...
। बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
। नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन विकास बजेटको खर्च बढाउनुपर्ने र खुला अर्थतन्त्रको मर्मअनुसार नीतिहरू तर्जुमा हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उपाध्यक्ष श्रेष्ठले वर्तमान बजेट संरचना ...