मुख्य समाचार
संघीय संसद्को अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठ वटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित
संघीय संसद्को अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठ वटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित

। संघीय संसद्को अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठ वटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित गरेको छ ।

सोमबार बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैङ्‍क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि भएको दफावार छलफलपछि विधेयकका दफा १ देखि ८ सम्मका प्रावधानहरूमा सहमति जुटेको हो ।

समितिका सचिव लक्ष्मण अर्यालका अनुसार विधेयकको दफा १, २, ३ र ५ लाई प्रश्तावित रूपमै यथावत पारित गरिएको छ । दफा २ अन्तर्गतका विभिन्न उपदफाहरू र दफा ३ लाई पनि कुनै परिवर्तन नगरी स्वीकृत गरिएको छ ।

बैठकले विधेयकको दफा ४ मा उल्लेखित बैंकको उद्देश्यलाई थप स्पष्ट पार्दै परिमार्जन गरेको छ । जसअनुसार बैंकको मुख्य उद्देश्य मूल्य स्थिरता कायम गर्ने, बैंकिङ, वित्तीय तथा बाह्य क्षेत्रको स्थायित्व कायम गर्ने र नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने तय गरिएको छ ।


विधेयकको दफा ६ मा रहेको सरकारी वित्त र विकासात्मक कार्य (क्वासी–फिस्कल अपरेसन) सँग सम्बन्धित प्रावधानलाई हटाइएको छ । यस्तै, सोही दफाको उपदफा २ मा ‘कर्जा’ शब्दपछि ‘सापटी’ शब्द थप गरी कानूनी दायरालाई फराकिलो बनाइएको छ । दफा ७ मा पनि सरकारी वित्त र विकासात्मक कार्यसँग सम्बन्धित विषयहरू हटाउने सहमति भएको छ ।

विधेयकको दफा ८ को उपदफा ५ मा वैदेशिक सहायतासम्बन्धी महत्वपूर्ण फेरबदल गरिएको छ । अब अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट ऋण वा अनुदान प्राप्त गर्न ‘अर्थ मन्त्रालय’ को सट्टा ‘नेपाल सरकार मन्त्रिपरिषद्’ को स्वीकृति अनिवार्य चाहिने व्यवस्था गरिएको छ ।

सरकारले विधेयकको दफा ८ को उपदफा ५ मा ’नेपाल राष्ट्र बैंकले नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृतिमा अन्तराष्ट्रिय संघ संस्था सँग ऋण अनुदान वा प्राविधिक सहायता प्राप्त गर्ने सक्नेछ’ भनेर मूल ऐनको दफा ११ मा उपदफा ५ नयाँ थप गरेर व्यवस्था गरेको छ ।

विधेयकको यो व्यवस्थालाई समितिले नयाँ ढंगले परिमार्जन गरेको छ। नेपाल राष्ट्रबैंक ऐन, २०५८ मा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धमा स्पष्ट व्यवस्था थिएन । ऐनको दफा ११ मा अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध भनिए पनि स्पष्ट थिएन ।

उपदफा २ मा बैंकले विदेशी सरकार, विदेशी केन्द्रिय बैंक, विदेशी बैंक तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई बैंकिङ तथा भुक्तानी सेवा उपलब्ध गराउने आफूले पनि लिने व्यवस्था गरिएको छ तर यसले अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट ऋण वा अनुदान प्राप्त गर्न बाटो खोल्दैन ।

सरकारले समितिमा भएको यो सहमतिसँगै विधेयकका प्रारम्भिक दफाहरूले पूर्णता पाएका छन् र अन्य दफाहरूमा क्रमश: छलफल अगाडि बढाइने समिति सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गरेका छन् । सोमबार २४ औं बोत्ले स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामी प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री फाल्ने, सरकार बनाउने, सरकार गिराउने, त्यसैमा सफलता देख्ने ...
जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । मादक पदार्थ सेवन, तीव्र गतिलगायत ट्राफिक नियम उलङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले नियन्त्रण नभई नियमन गर्न खोजेको स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा आयोजित ’शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ को कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावनाबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । सचेतक परियारले परामर्श व्यवसायीहरूलाई मानव बेचबिखनको ...
। बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
। नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन विकास बजेटको खर्च बढाउनुपर्ने र खुला अर्थतन्त्रको मर्मअनुसार नीतिहरू तर्जुमा हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उपाध्यक्ष श्रेष्ठले वर्तमान बजेट संरचना ...