मुख्य समाचार
नेपालमा सन् २०२६ जुलाईमा ७१ हजार ७ सय ७५ विदेशी पर्यटक भित्रिए
नेपालमा सन् २०२६ जुलाईमा ७१ हजार ७ सय ७५ विदेशी पर्यटक भित्रिए

। नेपालमा सन् २०२६ जुलाईमा ७१ हजार ७ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । जुलाई मध्य मनसुन याम हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्ष जुलाईको तुलनामा २.३ प्रतिशत बढी हो । २०२५ जुलाईमा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४ सय ९० जना आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो ।

त्यस्तै चीनबाट आउने पर्यटक उल्लेख्य बढेका छन् । गत जुलाईमा चीनबाट ११ हजार ९९ पर्यटक आएका छन् । यो गत वर्ष जुलाईमा आएका ६ हजार ८ सय ९० को तुलनामा ६१.०९ प्रतिशत बढी हो ।


२०१९ जुलाईमा चीनबाट १० हजार २ सय १५ पर्यटक आएका थिए । यसरी चिनियाँ पर्यटक आगमन कोभिडपूर्व अवस्थाभन्दा ८.६५ प्रतिशत माथि पुगेको छ ।

त्यसैगरी तेस्रो स्थानमा अमेरिका छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७ सय ५४ जना आएका छन् । बंगलादेशबाट ४ हजार १ सय ७९, बेलायत ३ हजार ७ सय ७३ र अस्ट्रेलियाबाट २ हजार ४ सय २८ पर्यटक नेपाल आएका छन् ।

क्षेत्रगत हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक संख्या सबैभन्दा बढी छ । जुलाईमा सार्क मुलुकबाट २९ हजार ७ सय ५५ जना नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यो संख्या अघिल्लो वर्षको ३३ हजार ७ सय ८७ को तुलनामा ११.९३ प्रतिशत कम हो ।

यस्तै भुटानबाट ९ सय ९१, पाकिस्तान ४ सय ७५, श्रीलंका ५ सय ८१ र माल्दिभ्सबाट ३९ पर्यटक नेपाल आएका छन् ।

दक्षिण एसिया बाहेक अन्य एसियाली देशबाट जुलाईमा १७ हजार ४ सय २४ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको २४.२८ प्रतिशत हो । अघिल्लो वर्ष जुलाईमा १३ हजार ५२ जना आएका थिए ।

यस आधारमा हेर्दा अन्य एसियाली बजारमा ३३.०५ प्रतिशत वृद्धि भएको छ । यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३ सय ९४, मलेसिया १ हजार ३ सय ८०, जापान १ हजार १ सय ११, भियतनाम ५ सय ७४, सिंगापुर र म्यानमारबाट समान ४ सय ३७ तथा थाइल्यान्डबाट ४ सय २८ जना आएका छन् ।

यसैगरी युरोपबाट ९ हजार २ सय ७९ पर्यटक नेपाल आएका छन् । कुल आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत छ । युरोपमा बेलायतबाट ३ हजार ७ सय ७३, जर्मनी ७ सय २३, स्पेन ६ सय ८१, फ्रान्स ६ सय ४४, नेदरल्यान्ड्स ५ सय १४, पोर्चुगल ४ सय ८९ र रुसबाट ४ सय ६७ पर्यटक आएका छन् ।

अमेरिकी देशबाट ८ हजार ८ सय २४ पर्यटक नेपालको पाहुना बनेका छन् । ओसिनियाबाट २ हजार ६ सय ७, मध्यपूर्व (खाडी) बाट ७ सय ३६ र अफ्रिकी देशबाट ३ सय २४ पर्यटक नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ...
। एमालेका विदेश विभाग प्रमुख एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले भारत र चीनसँग सन्तुलित र सक्रिय सम्बन्ध कायम नगरी अघि बढ्न नसक्ने बताएका छन्। सोमबार एमालेको परराष्ट्र मामिला विभागद्वारा आयोजित पत्रकार अन्तर्क्रियामा बोल्दै उनले दुवै छिमेकीसँग विश्वासको वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए। ‘भारत र चीनसँग इन्गेज नभई नेपाल अघि बढ्न सक्दैन’ उनले भने,’नेपालको सबैभन्दा ...
। नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्ना आर्थिक अनियमिमता भएको विषयमा सार्वजनिक लेखा समिति गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । उक्त छलफलमा भाग लिँदै उनले कुनैपनि निकायमा भएको आर्थिक अनियमितताको विषय समितिले हेर्न पाउनुपर्ने बताए । ‘सार्वजनिक लेखा समिति जनताको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले संसदीय समितिमा परेका उजुरी वर्षौंसम्म टुंगोमा नपुग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । उक्त छलफलमा भाग लिँदै रास्वपा महामन्त्री समेत रहेका आचार्यले समितिमा आउने उजुरीलाई छुट्टाछुट्टै घटनाका रूपमा मात्र नभई ...
। अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग सरकारले वार्ता सुरु गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा केहीबेर अघिबाट वार्ता सुरु भएको हो । स्वास्थ्य मन्त्रालयको सचिवालयका अनुसार वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् । मन्त्रालयको तर्फबाट स्वास्थ सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा.संगीता मिश्रका साथै मन्त्रीका ...