। मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक सोमबार दिउँसो सडक दुईतर्फ अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, दिउँसो साढे ३ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको थियो ।
यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो ।
पहिरो पन्छाएर सडक सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि फेरि पहिरो खसेर सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।