मुख्य समाचार
लागु औषध खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ
लागु औषध खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

। लागु औषध खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रभात तिवारी, सुजन रायमाझी, भुपेन्द्र श्रेष्ठ, सविन श्रेष्ठ नाम गरेका व्यक्ति छन् । उनीहरुलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट २८९ ग्राम खैरो हेरोइन, बा ७ च ५१८० नम्बरको कार, ट्रामाडोल २२ पत्ता, १ लाख ९८ हजार ३७५ रुपैयाँ, अन्य विदेशी मुद्राहरु, सञ्चार सेट समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी प्रविधि कम्पनी सेभेन लिफ्ट एआईका संस्थापक एवं प्रमुख एआई अधिकृत डेभिड स्वाइसगुडको सहभागितामा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी दुईदिने छलफल कार्यक्रम सम्पन्न भएको छ । अमेरिकी दूतावासद्वारा आयोजित साताव्यापी ‘युएस स्पिकर प्रोग्राम’ अन्तर्गत सम्पन्न दुई दिने कार्यक्रममा एआईका चुनौतीलाई आम्दानीसँग जोड्ने, ग्राहकको माग पहिचान गर्ने र व्यवसायका मुख्य चुनौती समाधान गर्ने विषयमा छलफल भएको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले मन्त्रालयको अगाडि फेरि नेल लगाएर उभिनुपर्ने भए पनि आफू तयार रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको छ । उक्त छलफल प्रक्रियामा भाग लिने क्रममा सांसद सुनारले यस्तो बताएका हुन् । ‘यदि मैले मन्त्रालयको अगाडि नेल लगाएर उभिने ...
। राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रश्तुत गरेका हुन् । बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका अध्यक्षको अनुमति लिई मधेशी आयोगको दुई आर्थिक वर्षको वार्षिक विवरण समेटिएको प्रतिवेदन सदनमा टेबल गरेकी थिइन् ...
। युवा, श्रम तथा रोजगार मन्त्रालयले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सिपमूलक तालिम प्रदान गरी रोजगारीसँग आबद्ध गराउने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यसहित आवश्यक तालिम सञ्चालन गरी रोजगारमा जोड्ने प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको ...
। सर्वोच्च अदालतले नेपालमा शरणार्थीका रूपमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई कानुनी प्रक्रियाअनुसार मिर्गौला प्रत्यारोपण गर्नबाट रोक्न नमिल्ने परमादेश दिएको छ । सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले यस्तो परमादेश दिएको हो । अदालतले मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी विद्यमान कानुनमा शरणार्थीबारे स्पष्ट व्यवस्था नभएको आधारमा जीवनरक्षक उपचारबाट वञ्चित गर्न नमिल्ने निष्कर्ष निकाल्दै अश्विनी मेडिकल कलेज एण्ड ...